तोडियो भारतिय एकाअधिकार; नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व सञ्जाल

विश्व पौष २८ २०७४ ekhabarnepal
Fyber 1

काठमाडौं पौष २८  , 

स्थलमार्गबाट हुने इन्टरनेटको अन्तराष्ट्रिय आवद्धतामा नेपाल चीनसँग जोडिने भएपछि भारतिय एकाअधिकार तोडिने भएको छ । शुक्रबारदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व सञ्जालमा जोडिन लागेको हो ।
नेपाल र चीनबीच निर्माण भएको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको औपचारिक उदघाटन आज शुक्रवार भएको छ । नेपालले चीन हुँदै विश्वबजारको दूरसंचार नेटवर्कमा आवद्धता जनाएको छ। भारतसँगमात्र जोडिएको नेपालको इन्टरनेट सञ्जाल अब चीनसँग पनि जोडिएपछि इन्टरनेटमा एक देशसँगको मात्रै निर्भरता हटने भएको हो ।

चीनसँग नेपाल इन्टरनेटमा जोडिए पछि अब इन्टरनेटमा कुनै समस्या नआउँने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन । भारत र चीनसँगको इन्टरनेट आवद्धताले नेपाललाई इन्टरनेटको टा«न्सफर हवको रुपमा स्थापना गर्न सकिने उनले बताइन । चीन र भारतसँग इन्टरनेट सञ्जालमा जोडिएपछि इन्टरनेट प्रयोगकर्ताले सुलभ र गुणस्तरीय इन्टरनेटको प्रयोग गर्न पाउने भएका छन् ।
संविधान निर्माणपछि ०७२ सालमा भारतले नेपालमा नाकाबन्दी लगाएपछि नेपालमा इन्टरनेटको लागि समेत वैकल्पिक मार्ग खोज्नुपर्ने बहस सुरु भएको थियो । त्यसपछि संसदीय समिति र सरकारले टेलिकमलाई चीनतर्फबाट पनि दूरसञ्चारको अन्तराष्ट्रिय स्थल आवद्धतामा जोडिन निर्देशन दिएको थियो । संसद र सरकारको निर्देशनपछि टेलिकमले भदौ ०७३ मै केरुङ नाकामा अप्टिकल फाइबरसँग जोडिएको थियो । त्यसपछि मंसिर ०७३ मै दुई सेवाप्रदायकबीच आइपी सर्भिस आदान प्रदानका लागि औपचारिक सम्झौता भएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top