समाचार / राजनीति

माओवादी केन्द्रका बिनाविभागिय मन्त्रीको राजिनामा बुझाउने तयारी

पौष २७ २०७४     .
Ucpn maoist


काठमाडौं, पुष २७

नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुले भोली दिउसोसम्म सामुहिक राजिनामा बुझाउने तयारी गरेका छन् । झण्डै चार महिनादेखि बिनाविभागीय भूमिकामा रहेका माओवादी केन्द्रका मन्त्रीहरुले  भोली दिउसोसम्म प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिने तयारी भइरहेको मन्त्रीहरुले जनाएका छन् ।

सत्ता साझेदार रहेकै बेला माओवादी केन्द्र एमालेसँगको गठबन्धनमा सामेल भएपछि प्रधानमन्त्री देउवाले माओवादीका सबै मन्त्रीहरुलाई जिम्मेवारी मुक्त गर्नुभएको थियो । उनीहरुलाई विनाविभागीय भूमिकामा राखे पनि माओवादी मन्त्रीहरु राजीनामा नदिइकन बसेका थिए। केही मन्त्रीहरु प्रदेश सांसदको रुपमा निर्वाचिन भइसकेकाले अब तत्कालै प्रदेशसभा गठन र त्यहाँको सरकारको समेत तयार गर्नुपर्ने भएकाले सरकारबाट बाहिरिन लागिएको एक मन्त्रीले जानकारी दिए ।

कांग्रेस नेतृत्वको सरकारमा उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा नौ जना मन्त्री, सात राज्यमन्त्रीसहित १६ जनामा सहभागी छन्।
नेकपाका संयुक्तबाट प्रतिनिधित्व गर्ने मिथिला चौधरीलाई भने बिनाविभागीय बनाइएको थिएन। यो पार्टी हाल माओवादीमै समाहित भइसकेको छ।

0 प्रतिकृयाहरू प्राप्त

To Top