सुन्दरता बढाउन चाहानुहुन्छ ? (टिप्सहरु)

स्वास्थ्य पौष २७ २०७४ ekhabarnepal
Girl 3


सधै सुन्दर र जवान देखिनका लागि पहिलो सर्त हो, स्वास्थ्य जीवन । शारीरिक रुपमा स्वास्थ्य र तन्दुरुस्त भइयो भने त्यसको प्रभाव अनुहार, छाला, केस सबैमा देखिन्छ । यसका लागि नियमित व्यायम, सन्तुलित खानपान जस्ता कुरालाई आत्मसात गर्नुपर्छ । यदि सधै सुन्दर, जवान र उर्जावान रहने हो भने योगलाई जीवनशैलीको एउटा हिस्सा बनाउनुपर्छ ।

जति उमेर बढ्दै जान्छ, जति तनावले घेर्छ, जति रोगले च्याप्छ उत्तिनै हाम्रो सौन्दर्य पनि फिका हुँदै जान्छ । हुन त सौन्दर्य उमेर अनुसार फरक फरक हुन्छ । ८० बर्षिय पाको व्यक्ति पनि सुन्दर र आकर्षक देखिन सक्छ । त्यसैले यो उमेर भन्दा पनि खानपान, आनीबानी र पहिरन शैलीमा निर्भर गर्ने कुरा हो ।

के के गर्ने -के के नगर्ने 

1. सन्तुलित र स्वास्थ्य खानपान, सरसफाई

2. नियमित योग, व्यायम

 3.प्राकृतिक सौन्दर्य प्रसाधनको प्रयोग

4.  सुन्दर देखिनका लागि मेकअपमा मात्र जोड दिनु हुदैन, जीवनशैलीमै परीवर्तन गर्नुपर्छ ।

5. पर्याप्त निदाउनु पर्छ, यसले केवल हर्मोन मात्र सन्तुलित रहदैन, प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ ।

6. मेकअप र कसरत भन्दा सुन्दरताको लागि आत्माविश्वास आवश्यक हुन्छ ।

7. रिस, आवेग, क्रोधले सौन्दर्यमा ह्रास आउँछ । त्यसैले सधै खुसी देखिने अभ्यास गर्नुपर्छ ।

प्रकिृतक सुन्दरता कसरी

1.  सुन्तला र दहीको लेप वनाएर प्रयोग गरेर अनुहारमा गोरोपन ल्याउन सकिन्छ ।

2. वेसार, वेसन र दुधको मिश्रण वनाएर अनुहारमा १० मिनेटसम्म लगाउँने । त्यसपछि आइस फेसियल गर्नुपर्छ ।

3.  मह र चियाको पानीको मिश्रण वनाएर प्रयोग गर्दा पनि अनुहार चम्किलो देखिन्छ ।

4. चन्दन, गुलाबजल, पदिनाको रस  मिलाएर अनुहारमा लगाएर १५ मिनेटसम्म राख्नुपर्छ, यसले दाग हटाएर चमक ल्याउँछ ।

5. २ चम्चा सोयाविनको आटा, एक ठूलो चम्चा दही र मह मिसाएर प्याक बनाउने । यसलाई १५ मिनेट अनुहारमा लगाएर सफा गर्नुपर्छ ।

6. बेसन, काँचो दुध, केहि थोपा कागतीको रस र थोरै बेसारको लेप तयार गरेर शरीरको छालामा दल्नुपर्छ ।

7.  ताजा अमला दुधमा हालेर पिस्ने, त्यसमा आधा चम्चा गुलावजल राखेर अनुहारमा हल्का मालिस गर्नुपर्छ ।.

8. दहीलाई कुनै फेस प्याक वा फलसँग मिलाएर अनुहारमा लगाउन सकिन्छ । त्यसले छाला नरम एवं मुलायम हुन्छ ।

प्राप्त प्रतिकृयाहरू

To Top