समाचार / समाज

माग पूरा नभएसम्म अनसनमै रहन्छु -डा. केसी

पौष २७ २०७४     ekhabarnepal
Kc

काठमाडौं पुस २७,  

सर्वोच्च अदालतको साधारण तारेखमा रिहा भएका डा. गोविन्द केसीले अनसनलाई निरन्तरता दिने भएका छन् ।  अदालतबाट रिहा भई डा। केसीले त्रिवि शिक्षण अस्पताल पुगेर आफ्नो पूर्ववत अनसनलाई जारी राखेका छन् ।

अदालतको छानबिनमा परेका प्रधान न्यायाधीश गोपाल पराजुलीको राजीनामा, तत्काल चिकित्सा शिक्षा आयोग गठनसहितका अन्य पाँच बुँदे माग पूरा नहुँदासम्म अनसन जारी राख्ने बताएका छन् । उनले ५ बुँदे माग अघि सारेर आन्दोलन गरेका हुन् ।

डा. केसीले आज बिहान आफ्ना निकटस्थसँग छलफल गरेका थिए । “नयाँ परिस्थितिपछि अनसन स्थगित गर्ने कि भन्ने विषयमा छलफल थियो तर राजीनामासहितका अन्य माग पूरा नहुँदासम्मका लागि अनसन जारी राख्छु भन्नुभयो,” डा. जिवन क्षेत्रीले भने ।

सर्वोच्चले चारवर्ष अघिको मुद्दाको फैसला गर्दै आइतबार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डीनमा डा। शशी शर्मालाई पुनर्वहालीको आदेश दिएपछि डा. केसी गत सोमबारबाट अनसन बसेका थिए । 

0 प्रतिकृयाहरू प्राप्त

To Top