समाचार / समाज

आज विविध कार्यक्रमका साथ पृथ्वी जन्यती मनाइँदै

पौष २७ २०७४     ekhabarnepal
17011120 mg 9953 870x490

काठमाडौं पुस २७,

आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं। १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे(चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।


लोकतन्त्र आएपछि औपचारिक रुपमा राष्ट्रिय एकता दिवस नमनाएको सरकारले यस वर्ष भने विविध कार्यक्रम गरेर पृथ्वी जन्यती मनाउँदैछ । लोकतन्त्रपछि गठन भएको सरकारले एकता दिवसको बिदा कटौती गरेको भए पनि सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


यद्यपि, उनको आलोचना पनि उत्तिकै हुने गरेको छ । आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन् ।पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय विवादमा परेको छ।गणतान्त्रिक सरकारले राजाको जन्मजयन्तीमा बिदा दिनु गलत भएको महासंघको प्रतिक्रिया छ। 

1 प्रतिकृयाहरू प्राप्त

Kusal deep लेख्नुहुन्छ | 9 दिन अगाडी

https://m.facebook.com/story.php?story_fbid=1559479950813039&id=825651704195871

To Top