समाचार / खेल

 भारतीय क्रिकेटर युसुफ पठानलाई पाँच महिने प्रतिबन्ध

पौष २६ २०७४     ekhabarnepal
Cri

नयाँ दिल्ली– भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले अलराउन्डर युसुफ पठानलाई पाँच महिना प्रतिबन्ध लगाइएको जनाएको छ। पठानले प्रतिबन्धित औषधि सेवन गरेर एन्टी डोपिङ नियम तोडेर ठहर गर्दै निलम्बन गरेको बिसिसिआईले जाएको छ। १४ फेब्रुअरी २०१८ मा उनीमाथि लागेको प्रतिबन्ध सकिनेछ। उनलाई अक्टुबरदेखि लागु हुने गरी प्रतिबन्ध लगाइएको हो। 

गत वर्ष भएको घरेलु टी–२० प्रतियोगिताको दौरान पठानको डोपिङ परिक्षण गरिएको थियो। गत मार्च १६ मा लिइएको डोपिङका क्रममा पठानले प्रतिबन्धित ‌औषधी सेवन गरिएको पाइएको थियो। पठानलाई डोपिङ परिक्षण पछि बयान लिइएको थियो। बायनमा उनले सन्तोषजनक उत्तर दिन नसकेको बिसिसिआईको भनाइ छ।

पठानले पछिल्लो पटक सन् २०१२ मा भारतको राष्ट्रिय टिमबाट खेलेका थिए। ३५ वर्षीय पठान त्यसयता घरेलु लिग खेल्दै आएका थिए। २०१२ सम्म उनले भारतका लागि ५७ एकदिवसीय र २२ टी–२० खेल खेलेका थिए। आइपिएलमा १५ बलमा अर्धशतक प्रहार गरेर रेकर्ड बनाएका उनी सन् २०११ देखि कोलकता नाइट राइडर्स आइपिएलबाट खेल्दै आएका छन्।

0 प्रतिकृयाहरू प्राप्त

To Top