सर्वोच्च अदालतमा केसीको बहस चल्दै : माइतीघर मण्डलामा रिहा गर्न माग गर्दै नाराबाजी

समाज पौष २६ २०७४ ekhabarnepal
As

काठमाडौं पुस २६,

 डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहेको छ ।न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेको छ । र, डा. केसी आफैंले पनि इजलासमा उपस्थित भएर आफ्नो धारणा राखेका छन् ।

सर्वोच्चमा बहस भइरहँदा नजिकै माइतीघर मण्डलामा भने डा. केसीलाई रिहा गर्न माग गर्दै नाराबाजी भइरहेको छ । नयाँ शक्ति पार्टीका नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।डा केसीलाई बिना शर्त रिहाइ गर्नुपर्ने, उनका माग पूरा हुनुपर्ने नारा लगाउँदै प्रदर्शनकारीले प्रधानन्यायाधीश पराजुलीको राजीनामा समेत माग गरेका छन्।

प्राप्त प्रतिकृयाहरू

To Top