समाचार / राजनीति

   संयुक्त कार्यदललाई दिशानिर्देश

पौष २६ २०७४     ekhabarnepal
Bai

 

काठमाडौं पुस २६, 
एमाले–माओवादी केन्द्रका अध्यक्ष सहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बालकोटमा बसेको थियो। कार्यदलले काम गर्ने कार्यविधि र कार्यदेशका बारेमाबैठकमा ओली र प्रचण्डले दिशानिर्देश गरेका हुन ।राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न  गठित एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदललाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त रुपमा दिशानिर्देश गरेका छन्।
 
कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामूख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा रिपोर्ट पेश गर्नेछ। रिपोर्ट तयार पार्दा दुवै दलले प्राप्त गरेको जनमत, व्यक्तिको व्यक्तित्व र योगदान, पार्टी एकताको स्प्रीड र सन्तुलनलाई अधार बनाइने कार्यदलका सदस्य वर्षामान पुनले जानकारी दिए।

कार्यदलले भोलिदेखि नै काम सुरु गरेर छिटो रिपोर्ट पेश गर्ने र रिपोर्टभन्दा पहिल्यै पार्टी एकता भएमा कार्यदलको रिपोर्टसहित बाँकी जिम्मेवारी स्वतः एकीकृत तहको शीर्ष कमिटिमा जाने पनि पुनले जानकारी दिए । कार्यदलमा रामबहादुर थापा (बादल ) सुवास नेम्वाङ, वर्षामान पुन, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे र मातृका यादव सदस्य रहेका छन् ।

0 प्रतिकृयाहरू प्राप्त

To Top