इजलाससमक्ष आफैं बयान दिन्छु - डा. गोविन्द केसी

समाज पौष २६ २०७४ ekhabarnepal
Govinda kc 1 1024x578

काठमाडौँ पुस २६,
                  बुधबार विहानै प्रहरी टोलीले डा. केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराएको छ । अदालतको अवहेलना मुद्दा खेपिरहेका डा. गोविन्द केसीले इजलाससमक्ष आफैं बयान दिने भएका छन् । उनले बहसका क्रममा पनि आफ्नो कुरा आफैं राख्ने बताएका छन् । उनका वकिल ओमप्रकाश अर्यालले भने, ‘पहिला म आफ्नो कुरा राख्छु, त्यसपछि मात्र तपाईहरुले बहस गर्नु होला भन्नु भएको छ ।’

उनको लिखित बयान मंगलबार नै भएको थियो । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले दिएको थियो । आज सुनुवाइ हुनेछ ।उनीविरुद्धको अवहेलना मुद्दा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा परेको छ ।

मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई मंगलबार साँझ वीर अस्पताल भर्ना गरिएको थियो । उनको मुटुको धड्कन तीव्र हुनुका साथै मांशपेशी बाउँडिने समस्या देखिएको थियो । तर, अनसनमा रहेको भन्दै केसीले औषधि खान     मानेनन् ।

 

प्राप्त प्रतिकृयाहरू

To Top