समाचार / खेल

खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज ड्रक स्टार र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुँदै 

पौष २५ २०७४     ekhabarnepal
Footbal 23champiusnhip 0ssdwaujak

 धनगढी पुस २५, 
       धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा  आज पाहुना टोली भुटानको ड्रक स्टार क्लब र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोली अनुभवी खेलाडीका साथ मैदानमा उत्रदैछन् । भुटानी क्लबमा भुटानको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका खेलाडी समेत रहेका छन् ।

रुपन्देही ११ मा पनि राष्ट्रिय लिग खेलिसकेका खेलाडीहरु रहेकाले दुई टोलीबीचको प्रतिस्पर्धा रोचक हुने अनुमान छ ।  दुई टोलीबीचको प्रतिस्पर्धा धनगढीस्थित स्थानीय रंगशालामा दिउँसो २ बजेपछि सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा झापा ११ लाई ३–१ ले हराउँदै थ्रीस्टार क्लब प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको थियो । प्रतियोगितामा १२ टोली सहभागी छन् ।

0 प्रतिकृयाहरू प्राप्त

To Top