समाचार / विश्व

दक्षिण र उत्तर कोरिया बिच उच्चस्तरिय समझौता

पौष २५ २०७४     ekhabarnepal
Cho son 5a546332c1c584.96292281

काठमाडौं  पुस२५ ,

उत्तर-दक्षिण कोरियाबीच करीब दुर्इ वर्षपछि उच्च स्तरीय वार्ता सुरु भएको छ। सिन्हवाका अनुसार सीमा क्षेत्रको पानमुनजोम गाउँमा वार्ता सुरु भएको दक्षिण कोरियाका मेलमिलापमन्त्रीले बताएका छन् । दक्षिण कोरियाका तर्फबाट 'चो म्योङ गियोन'को नेतृत्वमा रहेको पाँच सदस्यीय वार्ता टोली र उत्तर कोरियाकातर्फबाट री सोन गउनको नेतृत्वमा रहेको पाँचै सदस्यीय टोलीबीच स्थानीय समय अनुसार बिहान १० बजे वार्ता सुरु भएको सिन्हवाले जनाएको छ ।

वार्ता स्थलमा प्रवेश गर्नुअघि दक्षिण कोरियाका वार्ता टोली संयोजक 'चो'ले आगामी शीतकालीन ओलम्पिकलाई शान्तिपूर्ण उत्सवको रुप दिनका लागि वार्ता हुन लागेको बताएका थिए । साथै उनले दुई कोरियाबीच सम्बन्ध सुधारका लागि पहिलो पाइलाको रुपमा लिएर शान्तसँग हतार नगरीकन वार्ताको फेस गर्ने बताएको सिन्हवाले खबर दिएको छ । उत्तर कोरियाली वार्ता टोलीका संयोजकले वार्ताबाट बहुमूल्य परिणाम निस्कनेमा आशावादी रहेको भनी अभिव्यक्ति दिएको योनापलाई उद्धृत गर्दै सिन्हवाले जनाएको छ ।

नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा उत्तर कोरियाका नेता किम जोङ–उनले दक्षिण कोरियासँग सम्बन्ध सु्धार गर्न चाहेको संकेत गर्दै आउँदो फेब्रुअरीमा सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्नो देशका खेलाडी सहभागी गराउन तयार रहेको बताएका थिए । त्यसपछि दक्षिण कोरियाले विन्टर ओलम्पिकमा उत्तर कोरियाका खेलाडीको सहभागिताको विषयमा छलफल गर्न उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको थियो । 

वार्ता प्रस्ताव उत्तर कोरियाले स्वीकार गरेसँगै दुई कोरियाबिच पछिल्लो दुई वर्षमा पहिलो पटक छलफल भएको हो । दुई कोरियाबीच यसअघि सन् २०१५ मा वार्ता भएको थियो । त्यसयता उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण कोरियाली प्रायद्विपमा तनाव बढ्दै गएको थियो । यो वार्ताले दुई कोरियाबिचको सम्बन्ध सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

दक्षिण कोरियाको वार्ता टोली स्थानीय समय अनुसार ८:४६ मा वार्ता स्थल पानमुनजोम गाउँस्थित पिस हाउसमा उपस्थित भएको र उत्तर कोरियाको वार्ता टोली ९:३० बजे आइपुगेका थिए ।
वार्ताको सुरुवातमा रीले दुई देशबीचको संवाद कोरियन प्रायद्वीपका जनताका लागि नयाँ वर्षको उपहारको रुपमा रहेको र यसको परिणाम अमूल्य हुने बताएको र दक्षिण कोरियाका चोले उत्तर कोरियाको सहभागिताले शीतकालीन ओलम्पिक एक शान्तिपूर्ण उत्सव हुने कुरालाई वार्ताले सुनिश्चित गर्ने जवाफ दिएका थिए । 

0 प्रतिकृयाहरू प्राप्त

To Top