समाचार / विश्व

 सिरियामा विस्फोट:२३ जनाको मृत्यु

पौष २४ २०७४     ekhabarnepal
Kk

पुस २४,
 सिरियाको इडलिबमा भएको विस्फोटमा कम्तिमा २३ जनाको ज्यान गएको छ । बिद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तर–पश्चिमी क्षेत्र इडलिबमा ठूलो विस्फोट भएको बेलायती मानवअधिकारवादी संस्मथा सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले जनाएको छ ।
विस्फोटमा परि ज्यान गुमाउनेमा सातजना सर्वसाधारण नागरिक रहेका छन् । इडलिब ब्रिदोहीको हेडक्वाटरको रुपमा रहँदै आएको छ । विस्फोटको कारण खुलेको छैन । केहीले कार बम विस्फोट भएको बताएका छन् भने केहीले ड्रोन आक्रमण रहेको बताएको बिबिसीले उल्लेख गरेको छ । 
 
 

0 प्रतिकृयाहरू प्राप्त

To Top