समाचार / विश्व

उच्च प्रतिभाशाली विदेशीलाई आफ्नो देशमा आकर्षित गर्न यस्तो नीति रच्यो चीन सरकार

पौष २३ २०७४     ekhabarnepal
Screenshot 21

 

पुस २३,
   फरक प्रतिभाको पहिचान गरी उनीहरुबाट काम लिनको  लागि चीन सरकारले पछिल्लो समय उच्च प्रतिभाशाली विदेशीलाई आफ्नो देशमा आकर्षित गर्ने नीति लिएको देखिएको छ । त्यसका लागि उसले प्रतिभावान विदेशीलाई लामो समयका लागि प्रवेशाज्ञा दिन थालेको बीबीसीले जनाएको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार मल्टी (एण्ट्री भीसा अर्थात पटक/पटक प्रवेश पाउने) भीसा पाँचदेखि १० वर्षसम्मका लागि हुनेछ । प्रविधि क्षेत्रका विज्ञ, उद्यमी तथा वैज्ञानिकले त्यस्तो प्रवेशाज्ञा पाउन योग्य हुनेछन ।
चीनले आफ्ना आर्थिक तथा सामाजिक विकासका लागि लक्ष्य तय गरिसकेको छ । त्यसको प्राप्तिमा सघाउनका लागि उ विदेशी विज्ञलाई नियुक्त गर्न चाहन्छ बीबीसीले भनेको छ ।प्रवेशाज्ञा लिन अनलाइनबाट आवेदन दिन सकिने जसका लागि शुल्क तिर्नु नपर्ने र प्रक्रिया पनि छिट्टै अघि बढनेछ । प्रवेशाज्ञा पाउने व्यक्ति एक पटकमा १ सय ८० दिनसम्म बस्न पाउने र श्रीमती तथा छोराछोरीलाई पनि आफूसँगै राख्न पाउने व्यवस्था रहेको जनाइएको छ ।

एउटा दस्तावेज अनुसार उच्च विदेशी प्रतिभामा नोबेल पुरस्कार विजेता, सफल ओलिम्पिक खेलाडी र सङ्गीत तथा कलासम्बन्धी विश्व प्रसिद्ध शैक्षिक संस्थाका निर्देशकलाई समावेश गरिएको छ ।वरिष्ठ वैज्ञानिक, ठूला वित्तीय संस्थाका प्रमुख तथा विदेशी उच्चस्तरीय विश्वविद्यालयका प्राध्यापकहरूलाई पनि सूचीमा समेटिएको बीबीसीले जनाएको छ।

0 प्रतिकृयाहरू प्राप्त

To Top