समाचार / खेल

इटालियन सिरी ए फुटबलको उपाधि होडमा

पौष २२ २०७४     ekhabarnepal
A

इटालियन सिरी ए फुटबलको उपाधि होडमा रहेको इन्टर मिलान पछिल्ला खेलमा जित बिहीन बन्दै गएको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा फियोरेन्टिनासँग १–१ को बराबरीमा रोकिएको इन्टर मिलानले सिरी ए का पछिल्ला पाँच खेलमा जित निकाल्न सकेको छैन ।

 जित बिहीन यात्राअघिसम्म सिरी ए को शीर्ष स्थानमा रहेको इन्टर मिलान अहिले तेस्रो स्थानमा झरेको छ र उ शीर्ष स्थानको नापोली भन्दा ६ तथा दोस्रो स्थानको युभेन्टस भन्दा पाँच अंकले पछि रहेको छ । अवे मैदानमा भएको खेलमा ५५ औँ मिनेटमा माउरो आइकार्डीले गोल गर्दै इन्टर मिलानलाई अग्रता दिलाएका थिए ।

तर इन्जुरी समयमा जोभानी सिमेओनेले फियोरेन्टिनाका लागि बराबरी गोल फर्काए । बराबरीपछि तेस्रो स्थानको इन्टर मिलानको २० खेलबाट ४२ अंक भएको छ । पहिलो र दोस्रो स्थानका नापोली र युभेन्टसले एक खेल कम खेलेका छन् ।

0 प्रतिकृयाहरू प्राप्त

To Top