समाचार / खेल

आईपीएलमा महंंगा क्रिकेटर हुन कोहली 

पौष २१ २०७४     ekhabarnepal
47 viratkohli 5

 

 काठमाडौं पुस २१ ,
 इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०१८ मा कमाईको मामिलामा विराट कोहलीले महेन्द्रसिंह धोनी र रोहित शर्मालाई पनि उछिनेका छन् ।सबै फ्रेन्चाइज टिमलाई पुराना खेलाडी रिटेन गर्ने अवसर दिइएको थियो, जसमा धेरै टिमले आफ्ना स्टार खेलाडीलाई करोडौं खर्च गरेर टिममै राखेका छन् ।रोयल च्यालेन्जर्स बैंग्लोरले कोहलीलाई १७ करोड भारु दिएर रिटेन गरेको छ । जबकी दुई वर्षको प्रतिवन्धपछि आईपीएलमा फर्किएको चेन्नई सुपर किङ्गसले धोनीलाई १५ करोड भारु दिएर टिममा राखेको छ ।मुम्बई इण्डियन्सले पनि शर्मालाई १५ करोड दिएर टिममा राख्ने निर्णय लिएको छ ।

चेन्नईले तीन खेलाडीलाई रिटेन गरेको छ, जसमा सुरेश रैना ११ करोड र रविन्द्र जडेडा ७ करोड भारुमा छन् ।प्रतिवन्ध हटेपछि आईपीएलमा फर्किएको राजस्थान रोयल्सले भने पुराना खेलाडीमा स्टिभ स्मिथलाई मात्र रिटेन गरेको छ, उनी १२ करोडमा रिटेन भएका हुन् ।

सनराइजर्स हैदरावादले डेभिड वार्नरलाई १२ करोड र भुवनेश्वर कुमारलाई ८.५ करोडमा टिममा राखेको छ ।तर, कोलकत्ता नाइट राइडर्सले गौतम गाम्भीरलाई, बैंग्लोरले क्रिस गेललाई, सनराइजर्स हैदरावादले युवराज सिंहलाई रिटेन गरेन ।

किङ्गस इलाभेन पञ्जाबले अक्षर पटेललाई ६.७५ करोडमा टिममा राख्दा कोलकत्ता नाइट राइडर्सले सुनिल नरिनलाई ८.५ करोड र आन्द्रे रसेललाई ७ करोडमा टिममा राखेको छ ।बाँकी खेलाडीको लिलामी राइट टु म्याच जनवरीको अन्तिम साता हुनेछ ।

0 प्रतिकृयाहरू प्राप्त

To Top