दुग्ध विकास संस्थानमा रोजगारिको अवसर

रोजगार पौष २१ २०७४ ekhabarnepal
Maxresdefault

काठमाडौं पुस २१,

दुग्ध विकास संस्थान लैनचौरले खुल्ला प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ । संस्थानले शुक्रबार एक  सूचना निकाल्दै संस्थानका विभिन्न आयोजनाहरुमा  रिक्त रहेका अधिकृत र सहायकस्तरका पदहरुमा दरखास्त आह्वान गरेको हो । 
इच्छुक उम्मेदवारले माघ २० र दोब्बर दस्तुर तिरेर माघ २८ सम्ममा संस्थानको केन्द्रीय कार्यालय लैनचौरमा आवेदन बुझाउन सक्नेछन् । यसैगरी संस्थानले आन्तरिक  प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि समेत दरखास्त आह्वान गरेको छ भने बढुवा फारम भर्नेबारेको सूचना पनि निकालेको छ । 


 हेर्नुहोस्

प्राप्त प्रतिकृयाहरू

To Top