कबिता - "उनी हुन हाम्री आमा"

बिचार पौष २० २०७४   रीता काफ्ले
Rita kafle

            "उनी हुन हाम्री आमा"

अपार रहेछ उनको माया
जसले मलाइ जन्म दिइन ।।
आमा भनि सम्मान गर्छु
साच्चै उनि देवी  थिइन ।।।।      

हुर्काइ पढाइ ठुलो बनाइ
 सक्षम  जीवन पारिदिइन ।।
आफ्ना सन्तान  हसाएर 
आफु सधै आशु  पिइन ।।।।

सन्तानलाइ राम्रो पढाइन
 दु :ख  कष्ट  खडकाएर ।। 
उनकै  इच्छा  पुरा  गरिन 
आफूलाइ पिडामा तडपाएर ।।।।

कति खुसी थिइन होला
 काखमा छोरा जन्माउदा ।। 
आमा ताते भन्थिन होला 
छोरा  भित्तो   समाउदा ।।।।

छोरो रुखो बोल्दा पनि
 सधै हाँसी माया गर्थिन ।।
कल्पनाको भावमा डुबि 
आशुले उनी आखाँ भर्थिन ।।।।

 दश महिना कोखमा राखिन 
दुख पीडा लाखौँ  सहिन ।।
आज  आइ  तिनै  आमा 
सन्तान बाट हेलित भइन ।।।।     

बिगतका पल सम्झी आमा 
आज कति रुन्छिन होला ।।
बुढेसकालको यो पिडालाइ
 कुन सन्तानले बुझिदेला ।।।।

                                          रीता काफ्ले

समयको माग अनुरुप:

हामि सबैको एउटै चाहाना हुन्छ की अरुको मन कसरि जित्न सक्छु ? तर हामीले अरुलाइ बुझन र मन जित्नु को पछाडी समयको धेरै महत्व रहन्छ । जब सम्म  हामि त्यस अवस्थामा वा त्यही समयको नजिक पुग्दछौ तब मात्र एकले अर्कालाइ चिन्ने बुझने महान अवसर मिल्दछ ।यही समयको प्रभावको कारणले नै हो हामीले सम्मान ब्यक्त गर्न हिच्किचाउछौ  ।


यही मुख्य कारणले गर्दा हाम्रो समाजमा भएका वृद्ध वृद्धा वा हाम्रा आमा बुवाहरु लाइ हामीले  सम्मान गर्न र उनीहरु प्रति  मिठास भाब प्रस्तुत गर्न सक्दैनौँ । यसरी जन्मदाताहरुको अपहेलत्व भएकोले हाम्रौ बस्तीहरुमा वा ठाँउ ठाँउमा वृद्धा आश्रमहरु सञ्चालनमा आएका छन। 'हाम्रा आदरणीय र पुजनिय ब्यक्ति प्रति सम्मान ब्यक्त गर्न सिकै"

 

 

 

 


                         
 

प्राप्त प्रतिकृयाहरू

To Top