अमेरिका परमाणु आक्रमणको दायरामा छ - किम जोङ

विश्व पौष १७ २०७४ ekhabarnepal
6552ss

 

पुस १७, 
उत्तर कोरियाका नेता किम जोङ–उनले परमाणु परीक्षणको स्वीच आफ्नो डेस्कमा रहेको बताएका छन् । नेता किमले परमाणु परीक्षणको स्वीच जहिले पनि आफ्नो नियन्त्रणमा रहने भएकाले अमेरिकाले युद्धको सुरुवात गर्न नसक्ने बताए ।
नयाँ वर्षको अवसरमा टेलिभिजन मार्फत प्रशारण गरिएको सन्देशमा पूरै अमेरिका आफ्नो देशको परमाणु आक्रमणको दायरामा रहेको नेता किमले दाबी गरेका छन् । अमेरिका आफ्नो परमाणु आक्रमणको दायरामा रहेको कुरा चेतावनी नभई वास्तविकता रहेको पनि नेता किमले बताएका छन् ।


अमेरिकालाई चेतावनी दिएका नेता किमले दक्षिण कोरियासँग वार्ताका लागि आफू तयार रहेको बताएका छन् । उत्तर कोरियाले विन्टर ओलम्पिकमा आफ्नो टिम पठाउने सम्भावना पनि रहेको किमले जानकारी दिएका छन् । विन्टर ओलम्पिक सिओलमा हुँदैछ । परमाणु कार्यक्रमका कारण संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा पारेको छ । 
 

प्राप्त प्रतिकृयाहरू

To Top