समाचार / अर्थ

प्रिमियर इन्स्योरेन्स कम्पनीले नयाँ सेयर निष्कासन गर्दै

पौष १६ २०७४     ekhabarnepal
Primiyar insuren

काठमाडौं  पुस १६, 

प्रिमियर इन्स्योरेन्स कम्पनीले आज पुस १६ गतेबाट ६ लाख ५९ हजार ५ सय ६५ कित्ता नयाँ सेयर (एफपीओ) निष्कासन गर्दैछ ।

एक सय रुपैयाँ अंकित मूल्य रहेको कम्पनीले प्रिमियम मूल्य सहित प्रतिकित्ता ७ सय ९९ रुपैयाँमा एफपीओ जारी गर्ने भएको हो । छिटोमा पुस १९ र ढिलोमा माघ १५ गतेसम्म कम्पनीको सेयर बिक्री खुला हेनेछ ।एफपीओ जारी गरेपछि कम्पनीको चुक्ता पूँजी ५१ करोड रुपैयाँ पुग्ने आवहान पत्रमा उल्लेख छ । कम्पनीको प्रिमियम वापत नै ४६ करोड १० लाख रुपैयाँ जुट्ने छ । हाल सञ्चितीमा रहने यो रकम पछि लाभांश वितरण गर्न सकिने छ ।


न्युनत्तम १० र अधिकत्तम ३ हजार २ सय ९० कित्ताको लागि आवेदन दिन सकिनेछ । सेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल, कम्पनीबाटै र आस्वा प्रणाली लागु भएका सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने भएको छ ।कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड ३ प्लस रेटिङ दिएको छ । यसले कम्पनीको समग्र अवस्था औसत रहेको संकेत गर्छ ।

0 प्रतिकृयाहरू प्राप्त

To Top