समाचार / मनोरञ्जन

बलिउड कलाकारहरुको 'न्यू इयर' मनाउने सेडयूल

पौष १६ २०७४     ekhabarnepal
Kangna alia katrina

मुम्बई ,  व्यस्त दैनिकी भए पनि क्रिसमस र नयाँ वर्ष जस्ता कार्यक्रम बलिउड कलाकारले मस्तसँग मनाउने गरेका छन् । धेरै कलाकार कामवाट छुट्टी लिँदै आफ्नो मन पर्ने लोकेशनमा पुगिसकेका छन् ।यसपालीको नयाँ वर्ष कसले कहाँ मनाउँदै छन् त ? भारतीय सञ्चारमाध्यमहरुले केही कलाकारको सेडयूल सार्वजनिक गरेका छन् ।

ट्वीङ्कल खन्नाः अक्षय कुमारकी श्रीमती २९ डिसेम्बरदेखि ४३ वर्ष लागिन् । उनी यसपाली आफ्नो जन्मदिन सहित नयाँ वर्ष मनाउन अहिले केपटाउन पुगेकी छिन् । साथमा छन् श्रीमान अक्षयकुमार र छोरा पनि ।

सन्नी लियोनीः सन्नी लियोनी श्रीमान डेनियलसँगै  दुबईमा छिन् । उनी यसपालीको नयाँ वर्ष दुबईमै मनाउने योजनाका साथ त्यहाँ पुगेकी हुन् ।

दीपिका पादुकोणः  नायिका दीपिका पादुकोण भियनामा नयाँ वर्ष मनाउदैछिन् । उनले आफु भएको ठाउँको तस्विरसमेत सार्वजनिक गरेकी छिन् ।

आलिया भट्टः आलिया आफ्ना साथीहरु सहित इण्डोनेशियाको वालीमा छिन् । उनले आफ्नो ग्रुपको तस्विर सार्वजनिक गरेकी छिन् ।

करिना कपुर र सेफअलि खानः करिना र सैफ छोरा तैमुरसँगै स्वीटजरल्याण्ड पुगेका छन् ।

बिराट कोहली र अनुष्का शर्माः भर्खरै वैवाहिक सम्बन्ध गाँसेका विराट र अनुष्काले अफ्रिकामा नयाँ वर्ष मनाउने भएका छन् ।

नरगिस फाखरीः बेला-बेलामा विवा दमा आउने नरगिस फाखरी अहिले क्यालिफोर्नियामा छिन् । क्रिशमश पार्टी मनाएकै समुहसँग उनले नयाँ वर्ष मनाउने योजना बनाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

0 प्रतिकृयाहरू प्राप्त

To Top