पूर्व फुटवल खेलाडी बने लाइबेरियाको राष्ट्रपति

खेल पौष १४ २०७४ ekhabarnepal
Download %281%29

एजेन्सी । पूर्व फुटवल खेलाडी जर्ज उएच लाइबेरियाको राष्ट्रपतिमा विजयी भएको छन् ।

नवनिर्वाचित राष्ट्रपति जर्जले लाइबेरियाकै उपराष्ट्रपति जोसेफ बोकाइलाई पराजित गरेर विजयी भएका हुन ।लाइबेरियाको निर्वाचन आयोगले पूर्व फुटवल खेलाडी जर्जले ६१ दशमलव ५ प्रतिशत भोट प्राप्त गरेर विजयी भएकोे जनाएको छ । निर्वाचनमा जम्मा ९८ दशमलव १ प्रतिशत मत खसेकोे निर्वाचन आयोगले जनाएको छ ।

लाइबेरियाका निर्वाचन प्रमुखले लाइबेरियाले सन् १९४४ पछि दुई गृहयुद्व सम्हालेको लाबेरिया चुनावपछि प्रजातन्त्रमा प्रवेश गरेको बताएका छन् ।चुनावको परिणमपछि पूर्व फुटवल खेलाडीका समर्थकले त्यहाँको निर्वाचन कार्यालय अगाडि विजय उत्सव मनाएका छन् । ५१ वर्षीय जर्ज अफ्रिकाकै सबैभन्दा चर्चित फुटवल खेलाडी हुन ।

नेलसन मण्डेलाले जर्जलाई अफ्रिकाको गौरव व्यक्ति को उपाधि दिएका थिए । जर्जले सन् १९९० मा पेरिस सेन्ट जर्मेन र एसी मिलेबाट फुटवल खेलेका थिए । पछि उनले चेल्सी र मेन्चेष्टर सिटिमा आवद्व भएर पनि फुटवल खेलेलाइबेरियामा सन् १९८९ देखि २००३ को बीचमा भएको गृहयुद्वमा २ लाख ५० हजार नागरिकको ज्यान गएको बताइको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top