अन्तराष्ट्रिय करातें तथा किकबक्सिङ्ग दिल्लीमा सुरु

खेल पौष १४ २०७४ .
20171228 091425


नेपालका २१ खेलाडी सहभागि 

मनोरञ्जन शर्मा

नया दिल्ली,पुष १३ 

 भारतको राजधानी नँया दिल्लीमा बिहीबार देखि तेस्रो दक्षिण एशियाली अन्तराष्ट्रिय करातें तथा किकबक्सिङ्ग च्याम्पीयनसीप प्रतियोगिता सुरु  भएको छ । सो प्रतियोगितामा नेपालको तर्फबाट  जापान गोजुरीयो कराते डु मिशन संघका २१ खेलाडी सहभागी छन् ।

प्रतियोगितामा प्रतिष्पर्धा गर्ने खेलाडीहरुमा १२ वर्ष उमेर समुहमा  २५ केजी तर्फ शाहिल गुरुंग प्रियंका थापा ( ४० केजी ) , प्रशान्त थापा ( ३० केजी ) र प्रसुन शाही ( ३५ केजी) रहेका छन् ।

यसैगरी १४ वर्ष उमेर तर्फको समुहमा बिपिन गुरुंग (३५ केजी ),कृतिमा गौतम (४० केजी ) , रिजन पाण्डे ( ४० केजी ) , शिबम बस्नेत ( ५० केजी ) र एलिसा घिमिरे (४० केजी  ) रहेका छन् । यसैगरी १७ वर्ष उमेर समुहमा प्रतिसपर्धा गर्ने खेलाडीहरुमा रोशन राना (५० केजी) , सुमन परियार (६० केजी ) , कनिश्क राना (५५ केजी ) , सिबानी बस्नेत ( ४५ केजी ) , विपना जिएम (५५केजि)  र सुस्मा पाण्डे (५० केजी ) छन् । त्यस्तै १९ बर्ष मुनि ७० केजी तौल समुहमा मेख बहादुर घर्ती मगर छन् । सिनीयर तर्फ खुल्ला उमेर समुहमा राजकुमार हरिजन(४५ केजी), बिपिन राना (५० केजी) , सन्तु चौधरी (५५केजी) र सञ्जय चौधरी (७० केजी) रहेका छन् । नेपाली खेलाडीहरुले एकल काता, पुमिते,  टिम काता, टिम कुमिते तथा किक बक्सिंग प्रतिष्पर्धा गर्ने मुख्य प्रशिक्षक  तथा जापान गोजुरीयो कराते डु मिशन संघ नेपालका  अध्यक्ष केबिराना(काजी) ले बताए । नेपाली खेलाडीको खेल शुक्रबार र शनिबार हुनेछ । 

नेपाली खेलाडीहरुलाई  २ हप्ताको बन्द प्रशिक्षण शिबिरमा तालिम दिईएको र बिगतका प्रतियोगिताहरुमा पनि भारतमा उत्कृष्ट नतिजा ल्याएका अनुभबी खेलाडी टीममा रहेकाले प्रतियोगितामा राम्रो नतिजा ल्याउने टिम ब्यबस्थापक एबं जापान गोजुरीयो कराते डु मिशन संघका सचिब गिरी प्रसाद पुनले बताए । 

दिल्लीको मौसम अहिले राम्रो रहेका,े त्यति बढी चिसो नभएको र नेपाली खेलाडीहरुको शारिरीक स्वस्थ अबस्था राम्रो रहेकोले राम्रो प्रदर्शन सहित सफलता पाउने टिम संयोजक एबं संयोजक एबं जापान गोजुरीयो कराते डु मिशन संघ रुपन्देहीका अध्यक्ष उमेश थापा मगरले बताए ।
मार्शल आर्टस स्कुल  एशोसियसन अफ ईन्डियाको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन उदघाटन समारोह भएको छ । दिल्ली क्षेत्रका लोकसभा सदस्य तथा भारतीय जनता पार्टीका नेता मनोज तिवारीले उद्घाटन गरे । 

पहिलो दिननै भारतीय खेलाडीहरु बिच राष्ट्रिय छनौट प्रतियोगिता भएको छ । छनौटका बिजेता भारतिय खेलाडी हरु अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने आयोजक सस्था तथा नेशनल कराते फेडरेशन अफ ईन्डियाका सस्थापक एबं महासचिब राजु थापाले बताए ।  भव्य सास्कृतिक कार्यक्रम सहित भएको उदघाटन सत्रमा आयोजकले नेपालको राष्ट्रिय झण्डा सहित प्रतियोगितामा सहभागी मुलुकहरुको झण्डा फहराएका थिए । 
दिल्ली स्थित तालकटोरा ईन्डोर स्टेडियममा सुरु भएको प्रतियोगितामा आयोजक भारत सहित नेपाल, श्रीलंका, भुटान, बंगलादेश र मालदिभ्सका गरी २ सय बढी खेलाडी सहभागी रहेको आायोजकको भनाई छ ।

प्राप्त प्रतिकृयाहरू

To Top