अभिनेत्री बीना थापाको सडक दुर्घटनामा परि निधन

मनोरञ्जन पौष १३ २०७४ ekhabarnepal
Bina

काठमाडौँ  पुस १३,

राजधानीको बत्तीसपुतलीमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा अभिनेत्री तथा मोडल बीनाको निधन भएको हो ।गुल्मीको मुसिकोट गाउँपालिका २ की स्थायी बासिन्दा २७ बर्षीया बीना राजधानीको धापासीमा बस्दै आएकी थिइन् । उनले केही फिल्म र नाटक अभिनयसँगै म्युजिक भिडियोमा पनि मोडलिङ गरेकी थिइन् ।निखिल उप्रेतीको फिल्म ‘पिंजडा ब्याक अगेन’का अभिनेत्री बीना थापाको सडक दुर्घटनामा परि निधन भएको छ ।

बत्तीसपुतलीमा बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बीना थापा सवार बा.५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । त्यसपश्वात उपचारको लागी विर अस्पताल पुर्याइएको थियो ।

उपचारको क्रममा नै उनको निधन भएको प्रहरीले बताएको छ । ठक्कर दिने ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । देश तथा विदेशका विभिन्न स्टेज कार्यक्रममा पनि उनले प्रस्तुती दिइसकेकी थिइन् ।

प्राप्त प्रतिकृयाहरू

To Top