पोखरा रंगशालामा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता शुरु

खेल पौष ११ २०७४ ekhabarnepal
Volleyball e1424940502682

पोखरा, ११ पुस -  पोखरा रंगशालामा आजदेखि २१ औँ महिला तथा ३१ औँ पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा शुरु भएको हो  । 

प्रतियोगितामा महिला तथा पुरुषतर्फ पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्य–पश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सहभागी भएका छन् । 
प्रतियोगिता पुस १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको दुवैतर्फ प्रथम, द्धितीय र तृतीय हुने टिमलाई क्रमशः रु. ५० हजार, रु. ३० हजार र रु.२० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । पुरुषतर्फ पूर्वाञ्चल र नेपाल आर्मीबीच शुभारम्भ खेल भएको थियो । 

रासस

प्राप्त प्रतिकृयाहरू

To Top