समाचार / स्वास्थ्य

मुटु रोगबाट बच्न चाहानुहुन्छ ? यदि त्यसो हो भने

पौष ९ २०७४     ekhabarnepal
Download %281%29

मुटु रोगबाट बच्न चाहानुहुन्छ ? 


(मुटु रोग अहिले बिश्वमा सबैभन्दा बढी लाग्ने रोग मध्यको एक बन्न पुगेको छ। पहिले विलासी जीवन जिउने धनी बर्गलाई मात्र यो लाग्छ भन्दै आइएको भए पनि खानपानमा ध्यान नदिदा अहिले जुनसुकै बर्ग र समुदायका मानिस यो रोगका सिकार भएका छन। तपाईं पनि आफ्नो खानपिन र जीवनशैलीमा सधै सचेत बनी मुटुरोग लाग्नबाट बच्नुहोस। 


मुटुलाई स्वस्थ राख्ने उपायहरू;


धूमपान तथा मद्यपान नगर्ने,मोटोपना घटाउने, नियमित व्यायाम गर्ने, सन्तुलितआहार खाने, मानसिक तनावबाट मुक्त रहने, जीवनलाई सुखीबनाउने, तौल ठीक राख्ने, भुँडी बढ्न नदिने तथा नियमितस्वास्थ्य परीक्षण गराउने आदि सर्वसम्मत विषय हुन् ।
धेरैजसो मुटु रोग अस्वस्थ खानपिन र विलासी जीवनशैलीकाकारण हुने भएकाले यसबाट बच्न पनि हामीले खानपिन रजीवनशैलीमा सुधार ल्याउनुपर्छ । प्रशस्त मात्रामा हरियोतरकारी र फलफूल खाने गरेमा तथा दैनिक, छिटोछिटो दौडिने रव्यायाम गर्ने बानीले मुटु रोगको जोखिम कम्तीमा ५५ प्रतिशतघटाउन सकिन्छ । यसका साथै मानिसले आफूलाई भएका उच्चरक्तचाप, मधुमेह उच्च कोलस्ट्रोलजस्ता रोगको उपचार समयमै गराउनुपर्छ ।


हृदयघातबाट बच्नको लागि मैले के गर्न सक्छु त?यसको निम्ति निम्न केही उपायहरु अवलम्वन गर्न सकिएको खन्डमा मुटुरोगबाट बच्न सकिन्छ:
१) धूमपान त्यागौं: करिब ५० प्रतिशत मुटु रोगी अत्यधिकधूमपानको कारण रोगी बनेका हुन्छन् र यसैकारण धूम्रपानसाथै सूर्तिजन्य पदार्थको सेवन मात्र त्याग्न सकियो भनेपनि हामीले मुटुरोगको जोखिमलाई ५० प्रतिशतले घटाउन सक्छौं । 
२) तीस बर्षको उमेर पछि हरेक वर्ष नियमित रुपमा स्वास्थ्यपरिक्षण गराउनुपर्छ, जसको कारण मधुमेह तथा उच्चरक्तचाप जस्तो रोगहरुको समयमै निदान हुन सक्दछ रयी रोगहरुलाई समयमै नियन्त्रण गरियो भने
पनि मुटुरोगको जोखिमबाट बच्न सकिन्छ ।त्यसै गरीबेलाबेलामा रगतमा कोलेस्टेरोलको मात्रा र मुटुको E.C.Gगराउनुपर्छ, रगतमा हुने कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्नुपर्छ।


३) नियमित रुपमा शारीरिक व्यायाम गर्ने र वजन घटाउनेकोशिश गर्ने तथा अत्यधिक गुलियो, चिल्लो, तारेको एवंफास्टफूडको सेवन नगर्ने र विशेषतपेटमा जम्मा भएको बोसो मुटुको निम्ति हानीकारक हुन सक्छ,यसैकारण पेट तथा शरीरमा रहेको अनावश्यक बोसो घटाउनशारीरिक कृयाशीलतामा ध्यान दिने, दैनिक रूपमा ३० मिनेटमात्रै भने पनि व्यायाम गर्नु मुटुको स्वस्थको लागि एकदमै राम्रो हो।


४) खानेबानीमा सुधार ल्याउने र हामी विशेषतः प्रशस्त फलफूल, हरियो सागसब्जी खानुहोस्। घ्यू-तेल तथा अन्य चिल्लोको मात्रा जतिसक्यो कम प्रयोग गर्नु उचित हुन्छ। नून दैनिक ३ देखि ५ ग्रामभन्दा बढी प्रयोग गर्नुहुँदैन । नून थपेर
खाने बानी छोड्नुपर्छ ।बेलुकीको खानामा २-३वटा सुख्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ ।खसी, राँगो, बँगुरले कोलेस्टेरोल धेरै बढाउँछ । माछा र कुखुरालेकम बढाउँछ । चिल्लो नराखी माछा र कुखुरा पकाउने तरिका सिक्नुपर्छ । उच्च फाइवरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । खानामा फाइवरको प्रमुख स्रोत गहुँ, गेडागुडी,हरियो सागपातहरु हुन् । गेडागुडीलाई अंकुरित रुपमा खानु अझबढी फाइदाजनक हुन्छ । मोटो मानिसले तौल घटाउनुपर्छ रयसका लागि कम क्यालोरीयुक्त आहार लिनुपर्छ ।


५) मानसिक शान्ती र जतिसुकै व्यस्त जीवनशैली भएपनि आफ्नो परिवार तथा साथीभाइसंगविताउनको निम्ति केही समय निकाल्नुपर्छ रसो समयमा सम्पूर्ण तनाव भूलेर मनलाई आनन्दित बनाउनेकोसिस गर्नु पर्दछ र सधैं मुस्कुराउने तथा जीवनको हरेकक्षणलाई स्वभाविक रुपमा लिई रमाउने कोसिस गर्नुपर्छ ।मानसिक तनाव उत्पन्न हुने कारणहरु धन-सम्पत्ति,अन्तरव्यक्ति सम्बन्ध, कार्यबोझ, लेनदेन, महत्वाकांक्षा,नामको भोक आदि मुख्य हुन् । यी पक्षहरुको वैचारिकव्यवस्थापन महत्वपूण् मुद्दा हो । विचारमा सकारात्मक चिन्तन प्रवल रहनुपर्छ। उज्यालो पक्ष, राम्रो पक्षलाई नैसमाएर हिँड्न सिक्नुपर्छ । कुनै पनि समस्या छ भनेत्यसको स्थायी समाधान तर्फ लाग्नुपर्छ।

६) दिनमा कम्तीमा पनि ३० मिनेट र हप्तामा कम्तीमा पनि पांच दिन पसिना आउने किसिमको शारीरिक व्यायाम गर्ने रमौका मिलेसम्म शारीरिक कृयाशीलता हुने किसिमका कार्यहरु गर्ने र टेबलमा बसेर गरिरहनु पर्ने काम छ भनेपनि केही समयको अन्तरालमा टहल्न निसक्ने, एकैठाऊंमा विहान देखि बेलुका सम्म बसि नरहने।


७) बेलैमा ध्यान दिइएको खन्डमा भविष्यमा हुनेरोगको उपचारको क्रममा हुने तनाव, खर्च लगायत धेरै कुराबाटबच्न सकिन्छ र सानो सानो कुरामा ध्यान दिइयो भनेठूला समस्याबाट मुक्ति पाउन सकिन्छ र यसैकारण स्वस्थशरीरलाई रोगी बनाउनु वा सामान्य रोगलाई जटिल बनाउनुभन्दा समयमै आफ्नो जीवनशैलीमा सामान्य सुधार गरी बुद्धिमता अपनाउनु राम्रो हुन्छ।अस्वस्थकर जीवनशैलीकै कारण मानिसहरुमा मुटु रोग लाग्नेभएकाले नियमित व्यायाम र खानेकुरामाथि अत्यन्तै ध्यान राखेमुटूको रोगबाट लड्न पक्कै पनि सकिन्छ।

0 प्रतिकृयाहरू प्राप्त

To Top