निर्मुखा र गरिबसँग बोल्दैमा आजकाल
इज्जत छैन भन्छन यहाँ ।।
आफ्नो स्वार्थको लागी कदम चाल्ने
मात्र सम्मानित बन्छन यहाँ ।।।।
कर्मको परिपथ एकातिर लम्किरहेछ
सङघर्षले बाटो बनाउदै ।।
मान्छेलाइ ढाल्न खोज्छन यहाँ
प्रलोभनमा पारि लाटो बनाउदै ।।।।
नाम, दाम र शानको कमाउनको लागि
हरपल तत्पर हुन्छ मान्छे।।
हडबडाउदैछ अन्योलमा सँसार के?
उडी आकाशको जुन छुन्छ मान्छे ।।।।
तपाइको अस्तित्व लोप हुदै गयो आज
मपाइ भनेरनै ठूलो बन्यो मान्छे ।।
विवेकशील प्राणी भएरनै होला
स्वर्ग जाने दुलो खन्यो मान्छे ।।।।
सत्यता आखिर अटलनै रहन्छ
पत्थर सम्झ् पग्लिदैन।।
मुर्ख बन्छाँै, कोसिस नगर तिमी
चाल्नोमा पानी सङलिदैन।।।। रीता काफ्ले
प्राप्त प्रतिकृयाहरू