नेपाली खेलाडीले अनुशासन उल्लंघन गरेको भन्दै एन्फालाई १ हजार अमेरिकी डलर जरिवाना दिने विज्ञप्ती

खेल पौष ७ २०७४ ekhabarnepal
Download

काठमाडौं, पुष ७

एसियाली फुटबल महासंघले अखिल नेपाल फुटबल संघ एन्फालाई कारबाही गरेको छ । खेलमा अनुशासन नदेखाएको भन्दै १ हजार डलर जरिवाना गरेको हो । 

एएफसी अण्डर १९ च्याम्पियनसिपको छनोट अन्तर्गत काजाकिस्तानविरुद्धको खेलमा नेपाली खेलाडीले खेल अनुशासन उल्लंघन गरेको भन्दै महासंघले एन्फालाई कारबाहीस्वरुप १ हजार अमेरिकी डलर जरिवाना गर्ने निर्णय गरको एएफसीद्धारा जारी विज्ञप्तीमा भनिएको छ । एएफसीले निर्णय प्राप्त भएको ३० दिनभित्र सो जरिवाना उपलब्ध गराउन भनेको छ । बिसेकमा भएको सो प्रतिस्पर्धा सकिएपछि नेपाली खेलाडिले बिपक्षि खेलाडी र रेफ्रीसंग हात नमिलाई मैदान छाडेको एएफसीको आरोप छ ।

प्राप्त प्रतिकृयाहरू

To Top