आजको राशिफल: पुस ६ गते। बिहीबार, इश्वी सन् २०१७ डिसेम्बर २१ तारिख। 

बिचार पौष ६ २०७४ ekhabarnepal
Mata

  

वि.सं. २०७४ साल पुस ६ गते। बिहीबार। इश्वी सन् २०१७ डिसेम्बर २१ तारिख। नेपाल संवत् पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– तृतीया, १७:३५ बजेउप्रान्त चतुर्थी।

मेष - (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। साइनो गाँस्नेहरूले दु:ख दिन सक्छन्, सजग रहनुहोला। 

बृष - (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बाध्यतामा अलमलिनुपर्दा चिताएको काममा बाधा आउला। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। परिस्थिति त्यति अनुकूल नरहला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहे पनि उपलब्धिविहीन काममा समय बित्नेछ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। तर नयाँ काम गर्न समय पर्खनुहोला। 

मिथुन - (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। लगनशील भएर प्रयत्न गर्दा बिस्तारै अवरोध पन्छाउन सफल भइनेछ। 

कर्कट - (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

छोटो समयमा मनग्गे फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। परिस्थिति अनुकूल रहे पनि सुविधाका लागि खर्च बढ्न सक्छ। 

सिंह - (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

अपेक्षाअनुसार फाइदा नउठ्न सक्छ। अरूको वचन टाल्न नसक्दा दु:ख पाइनेछ र खर्च पनि हुनेछ। परिबन्धले अप्ठ्यारोमा पार्न सक्छ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। गरी आएका काममा सामान्य फाइदा हुनेछ। प्रतिस्पर्धीहरू बढ्नाले समस्या थपिएला। तापनि, लगनशीलताले नयाँ अवसर दिलाउन सक्छ। ठगीमा परिने योग भएकाले होसियार रहनुपर्ला। 

कन्या - (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अप्रिय समाचारले मन खिन्न बनाउन सक्छ। अध्ययनमा त्यति प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने समय छ। अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मनको डरले सताए पनि केही समय पर्खंदा स्थितिमा सुधार आई उन्नति हुन सक्छ।

तुला - (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

तत्कालको सामान्य फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। कृषि तथा पशु व्यवसायबाट लाभ हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। आमाको सहयोगले काम बनाउन सकिनेछ। 

बृश्चिक - (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सहयोगीहरूले हात झिक्नाले व्यवसायमा अपेक्षित फाइदा नहुन सक्छ। दाजुभाइमा असमझदारी देखापर्न सक्छ। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। मिहिनेत गर्दा पछिका लागि भने अवसर प्राप्त हुनेछ।

धनु - (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। मान-सम्मान प्राप्त हुनेछ भने बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम हातपार्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ।

मकर - (भो, ज, जि, खि, खु, खे, खो, गा, गि )

तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। मिहिनेतले आत्मविश्वास बढाउने समय छ। 

कुम्भ- (गु, गे, गो, सा, सि, सु, से, सो, द)

केही खर्च भए पनि काममा लगानी बढाउने समय छ। तत्काल उद्देश्य भने पूरा नहुन सक्छ। सोखले खर्च बढाउनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। आफन्तजनबाट भने टाढिनुपर्ला। पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ। तापनि चिताएको काम सम्पादन गर्न सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। 

मीन - (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )

आयस्रोत सबल देखिए पनि उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। कर्जाको धन भने प्राप्त हुनेछ। सुनिश्चित काम रोकिनाले अलमल बढ्न सक्छ। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्नग गर्नुपर्ला। समय लागे पनि मिहिनेतको नतिजा प्राप्त हुनेछ। कामबाट आंशिक फाइदा हुनेछ।

प्राप्त प्रतिकृयाहरू

To Top