एशेज टेस्ट क्रिकेट शृंखला अस्ट्रेलियाले जीत्यो - इंग्ल्यान्ड ४१ रनको अन्तरले हारयो

खेल पौष ३ २०७४ ekhabarnepal
Jit

काठमाडौं, ३ पुस — इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको बहुचर्चित एशेज टेस्ट क्रिकेट शृंखला अस्ट्रेलियाले जितेको छ । 

अस्ट्रेलियाको पर्थमा सम्पन्न तेस्रो टेस्टमा अस्ट्रेलिया एक इनिङ र ४१ रनको विशाल अन्तरले इंग्ल्यान्डलाई हराउन सफल भयो । टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङमा ४०३ रन बनाएको थियो । इंग्ल्यान्डका दाविद मालनले १४० र जोनी बेयरस्टोले ११९ रन बनाएर इंग्ल्यान्डलाई सम्मानजनक स्कोर दिलाएका थिए ।उनीहरूबीच २३७ रनको साझेदारी भएको थियो । तर मार्क स्टोनम्यानको ५६ रनबाहेक अन्य ब्याट्स्म्यानको खासै योगदान रहेन । अस्ट्रेलियाका लागि मिचेल स्टार्कले चार, हेजलवूडले तीन र कमिङ्सले दुई विकेट लिए । स्टार्कले जेम्स भिन्सको विकेट लिनका लागि गरेको बलिङ अद्भुत थियो ।यी देब्रेहाते बलरले राउन्ड द विकेट बलिङ गरेका थिए । नब्बे माइल प्रतिघन्टाको गतिमा गूड लेन्थमा फ्याँकिएको बलले भिन्सको अफ स्टम्प उडायो । 

रिप्ले हेर्दाखेरी बलले पिचको क्य्राकमा ठोक्किएको देखिन्थ्यो  । बल स्वाभाविक गतिमा गइरहेको भए लेगसाइडतिर जान्थ्यो । तर बलले दिशा परिवर्तन गरेर अफसाइडतिर गयो । 
जवाफमा अस्ट्रेलियाले नौ विकेट गुमाएर ६६२ रनको विशाल स्कोर खडा ग–यो । कप्तान स्टिभ स्मिथले शृंखलाभरि राम्रो ब्याटिङ गर्दै आएकोमा यस इनिङमा २३९ रन बनाए । उनलाई मिचेल मार्शले १८१ रनका साथ राम्रो साथ दिए ।यी दुवैको बीचमा ३०१ रनको विशाल साझेदारी भयो । तेस्रो दिनको खेलमा जम्मा एक विकेट खस्यो अनि स्मिथ र मार्शले जमेर ब्याटिङ गरिरहे । अन्य ब्याट्स्म्यानहरूले पनि सानोतिनो योगदान गरे । इंग्ल्यान्डका लागि जेम्स एन्डरसनले चार र क्रेग ओभरटनले दुई विकेट लिए । इंग्ल्यान्डका बलरहरूलाई अस्ट्रेलियाको विकेट लिन हम्मेहम्मे प–यो । 

इनिङ हारबाट जोगिनका लागि इंग्ल्यान्डले २५९ रन बनाउनुपर्ने थियो । तर इंग्ल्यान्डका ब्याट्स्म्यानहरूले खुलेर खेल्नै सकेनन् । उनीहरूले लगातार विकेट गुमाउँदै गए । जेम्स भिन्सले ५५ र मालनले ५४ रन बनाएबाहेक अन्य ब्याट्स्म्यानको उल्लेखनीय स्कोर नै रहेन । अस्ट्रेलियाका लागि जोश हेजलवूडले पाँच, लियोनले दुई तथा स्टार्क र कमिन्सले एक एक विकेट लिए । दोहोरो शतक बनाएका स्मिथलाई म्यान अफ द म्याच घोषणा गरियो । 

प्राप्त प्रतिकृयाहरू

To Top