औषधी कम्पनी 'एपोटेक्स'का संस्थापक र अध्यक्ष मृत भेटिए

विश्व पौष १ २०७४ ekhabarnepal
Aausadhi

व्यापारी शेरम्यान विशाल औषधी कम्पनी 'एपोटेक्स'का संस्थापक र अध्यक्ष थिए।प्रहरीले उनीहरुको मृत्युलाई शंकास्पद भनेको छ।उनीहरुको शव तल्लो तला (बेसमेन्ट)मा फेला परेको बताइएको छ।एपोटेक्सका औषधी संसारभर बेचिन्छन्।

परोपकारी

व्यापारी शेरम्यान क्यानडाका धनीहरुमध्ये एक थिए र प्रख्यात परोपकारी पनि थिए।प्रहरीले घटना लगत्तै केही विवरण दिए पनि उनीहरुको परिचय खुलाएको थिएन।तर स्थानीयबासी, मित्रहरु र एपोटेक्सका अधिकारीहरुले स्तब्ध भएका समाचारहरु सामाजिक सञ्जालमा राखेका थिए।एपोटेक्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ- "हामी सबै स्तब्ध र दुखी भएका छौं।"उनीहरुका चार छोराछोरी छन्।एपोटेक्स सन् १९७४ मा स्थापना भएको थियो र एपोटेक्सकै अनुसार अहिले संसारमा उ सातौं ठूलो औषधी निर्माता कम्पनी हो।फोर्ब्स म्यागेजिनले शेरम्यानको व्यक्तिगत सम्पत्ति ३.२ अर्ब डलर रहेको बताउँछ।

प्राप्त प्रतिकृयाहरू

To Top