क्रिस गेलले एकै खेलमा १८ छक्का प्रहार गरी विश्व किर्तिमान कायम गरे

खेल मंसिर २७ २०७४ ekhabarnepal
Images %281%29

मंसिर २७- चर्चित क्रिकेट खेलाडी क्रिस गेलले एकपछि अर्को विश्व रेकर्ड बनाउने क्रम जारी राखेका छन् ।बंगलादेश प्रिमियर लिग क्रिकेटमा मंगलबार साँझ भएको फाइनल खेलमा गेलले १८ छक्का प्रहार गर्दै विश्व किर्तिमान कायम गरेका हुन् ।आफ्नै नाममा रहेको १७ छक्काको रेकर्डलाई तोड्दै गेलले अर्को विश्व रेकर्ड राख्न सफल भएका छन् । उनले यसअघि इन्डियन प्रिमियर लिग (आईपिएल) मा १७ छक्काको विश्व किर्तिमान कायम गरेका थिए ।

वेष्ट इन्डिजका ३८ वर्षीय गेलले बंगलादेश प्रिमियर लिग (बिपिएल) मा रंगपुर राइडर्सलाई उपाधि दिलाउने क्रममा नटआउट १४६ रन बनाए ।६९ बलमा १८ चौका र ५ छक्का प्रहार गर्दै विश्व किर्तिमान बनाएका हुन । गेलले टि–ट्वान्टी क्रिकेटमा २० शतक प्रहार गर्ने पहिलो खेलाडी बन्दै अर्को रेकर्ड पनि राखेका छन् ।त्यस्तै, गेल बिपिएल क्रिकेटमा एक सय छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । गेलले अहिलेसम्म आफ्नो टि–ट्वान्टी करियरमा ८ सय १९ छक्का प्रहार गरेका छन् ।एजेन्सी ।

प्राप्त प्रतिकृयाहरू

To Top