इङ्लिस प्रिमियर लिगमा सिटीको बाजी

खेल मंसिर २५ २०७४ ekhabarnepal
Khal

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तरगत आइतबार राति भएको म्यानचेस्टर डर्बीमा सिटीले बाजी मारेको छ ।युनाइटेडको मैदान वल्डट्रार्फोडमा भएको यो खेलमा सिटीले २–१ को जित निकाल्दै उपाधि यात्रा अझै बलियो बनाएको छ ।सिटीलाई जिताउने क्रममा डिफेन्डर निकोलाश ओटामेन्डी र मिडफिल्डर डेभिड सिल्भाले एक एक गोल गरे ।सिटीका लागि डेभिड सिल्भाले खेलको ४३ औँ मिनेटमा गोल गर्दै अग्रता बनाएका थिए । त्यसपछि खेलको पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै रासफोर्डले खेललाई बराबरीमा ल्याए ।

तर, सिटीले दोस्रो हाफमा आक्रमक खेल्दै खेल पकडमा लियो । उसका लागि खलेका खेलको ५४ औँ मिनेटमा ओटामेन्डीले ओभर हेड किकमार्फ जाली चुमाएका हुन् ।त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि टिसी २–१ ले विजयी भयो यो जितपछि सिटीलेउपाधि यात्रा अझै बलियो बनाएको छ । सिटीले ३५ खेलबाट ४६ अंक बनाउँदा दोस्रो स्थानमा रहेको युनाइटेड समान खेलबाट ३५ अंकमा समेटिएको छ ।त्यसैगरी समान खेलबाटै चेल्सी ३२ अंकसहित तेस्रो र लिभरपुल ३० अंकसहित चौथो स्थानमा रहेका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top