कारबाहीमा नै मारिए आइएस

विश्व मंसिर २५ २०७४ ekhabarnepal
Fighter jets 1

अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले आइतबार बिहान गरेको कारबाहीका क्रममा नौजना आइएस सशस्त्र आतङ्ककारी मारिएका छन् ।

 कारबाहीका क्रममा नौजना इस्लामिक स्टेटस् (आइएस)का आतङ्ककारी मारिएका प्रान्तीय सरकारका प्रवक्ता अताउल्लाह खोग्यानीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिए ।नान्गाहार प्रान्तको एक जिल्लामा लुकेर बसेका आतङ्ककारीलक्षित सुरक्षा कारबाहीमा आइएसका ती लडाकू मारिनुका साथै घाइते भएका थिए । उनीहरुलाई केही तालिबानका लडाकूले संरक्षण दिएको पनि खुलेको छ ।कारबाहीका क्रममा अन्य चारजना आतङ्ककारी घाइते भएको समाचारमा उल्लेख छ ।

नान्गाहार प्रान्तमा आतङ्ककारी समूहको बलियो प्रभाव रहेको मानिन्छ । अफगान र अन्तर्राष्ट्रिय बलले गएको केही महिनायता सोही जिल्लामा गरेको कारबाहीका क्रममा आइएसका सयौँ सशस्त्र लडाकू र कमाण्डरसमेत मारिएका छन् ।उक्त क्षेत्रमा अफगानिस्तानको सेनाले यसअघि पनि सशक्त कारबाही चलाएको थियो । जसका कारण दर्जनौँ लडाकूले ज्यान गुमाएका थिए ।यस कारबाहीका क्रममा आइएस लडाकू लुकेर बस्ने गरेका केही बासस्थानसमेत ध्वस्त भएको र हातहतियारसमेत बरामद गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
सिन्ह्वा

प्राप्त प्रतिकृयाहरू

To Top