६८ स्थानको नतिजा सार्वजनिक हुँदा एमाले एकल बहुमतको नजिक वाम गठबन्धन दुई तिहाइ बढी जीत

राजनीति मंसिर २४ २०७४ .
Baglung pyuthan copy


 काठमाडौँ । 

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहेको छ। मत परिणाम र मत गणनाको प्रबृत्ति हेर्दा नेकपा एमाले प्रत्यक्ष तर्फ एकल बहुमत सिट प्राप्त गर्ने दिशामा उन्मुख देखिएका छ ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनको भारी अग्रता देखिँदा नेकपा एमालेले एकल बहुमत ल्याउनसक्ने तर्फ विश्लेषण हुन थालेको छ ।आइतबार बिहान ५ बजेसम्म ६८ क्षेत्रको नतिजा सार्वजनिक भएको छ। अहिलेसम्म सार्वजनिक मत परिणामअनुसार वाम गठबन्धनले  प्रतिनिधि सभामा दुई तिहाइ बढी सिट जितेको छ। यो  झन्डै ८० प्रतिशत सिट हो।

यस्तै  नेकपा एमालेले ४० स्थानमा अग्रता लिएको छ भने माओवादी केन्द्रका १८ जना उम्मेद्वारले अग्रता लिइरहेका छन्। कांग्रेसले अहिलेसम्म ७ क्षेत्र जितेको छ। कांग्रेस उम्मेदवार १७ स्थानमा अगाडि छन्।

नेकपा एमाले

1.म्याग्दी- भुपेन्द्रबहादुर थापा- २३ हजार ३०८ मत
2.मनाङ- पाल्देन छोपाङ गुरुङ-
3.मुस्ताङ- प्रेमप्रसाद तुलाचन
4.मुगु- गोपालबहादुर बम-१३ हजार ३४ मत
5.बझाङ- भैरवबहादुर सिंह
6.डोल्पा- धनबहादुर बुढा- ११७६१
7.बाजुरा -लालबहादुर थापा- २८०५८
8.दार्चुला- गणशसिंह ठकुन्ना- २८९९८
9.बाग्लुङ -सूर्यराज पाठक- ३३६५७
10.ताप्लेजुङ- योगेश भट्टराई- २९४७९
11.ललितपुर- कृष्णलाल महर्जन- २७७१३
12.धादिङ १- भूमी त्रिपाठी- ४९१२१
13.काठमाडौं ३:  कृष्णबहादुर राई- १९१६९
14.मोरङ ३: भानुभक्त ढकाल- ४२४१३
15.मोरङ ६: लालबाबु पण्डित- ३३९४१
16.काठमाडौं ८:जीवनराम श्रेष्ठ- १३३०७
17.अोखलढुंगा: यज्ञराज सुनुवार- ३२५८०
18.सिन्धुपाल्चोक २: शेरबहादुर तामाङ- ३८४०१
19.मोरङ १:धनश्याम खतिवडा(३७५२४)
20.काठमाडौं ९ :कृष्ण गोपाल श्रेष्ठ(२२८५२)
21.धादिङ २: खेमप्रसाद लोहनी(३६२५६)
22.पाँचथर : वसन्तकुमार नेम्वाङ  ३८६४२
23.वैतडी: दामोदर भण्डारी ३९५२४
24.काठमाडाैं २: माधवकुमार नेपाल  २७३६६
25.दैलेख १: रविन्द्रराज शर्मा  २३७६७
26.दाेलखा: पार्वत गुरुङ ५५४५७
27.कास्की २: रविन्द्र अधिकारी २३६५६
28.गुल्मी २: गाेकर्ण विष्ट ३४६१८
29.ललितपुर १: नवराज सिलवाल
30.धनकुटा: राजेन्द्र   कुमार राई  ३७३३३
31.खाेटाङ : विशाल भट्टराई ३६३२९
32.कास्की ३ः जगतबहादुर विश्वकर्मा ३२६९०
33.रुपन्देही २ : विष्णु प्रसाद पौडेल
34.भक्तपुर २: महेश बस्नेत ३६४१२
35.मकवानपुर २: विराेध खतिवडा ४४७४४
36.दैलेख २: राज बहादुर बुढा क्षेत्री २३३२३
37.मकवानपुर १: कृष्णप्रसाद दाहाल ४०६३१
38.सिन्धुली १:गणेशकुमार पहाडी
39.कास्की १: खगराज अधिकारी ३९२४२
माओवादी केन्द्र

1.पूर्वी रूकुम- कमला रोका (माओवादी केन्द्र)-१० हजार ४ सय ३४ मत
2.रुकुम पश्चिम-जनार्दन शर्मा(माओवादी)-३४४०२
3.बागलुङ २: देवेन्द्र पौडेल- २८८२७
4.सिन्धुपाल्चोक १: अग्नि सापकोटा (४०५०४)
5.ललितपुर ३: पम्फा भुसाल(२४०३७)
6.माेरङ ४: अमनलाल माेदी ३३५२९
7.लमजुङ : देव गुरुङ ३१८८७
8.जाजरकाेट: शक्तिबहादुर बस्नेत  ३२२८१
9.जुम्ला : गजेन्द्रबहादुर महत २२१७३
10.साेलुखुम्बू : हेमकुमार राई  २०९१२
11.माेरङ ५: शिबकुमार मण्डल २२९४५
12.कालिकाेट:दुर्गाबहादुर रावत २१११२
13.दाङ २ : कृष्णबहादुर महरा ३९९५९
14.भाेजपुर: सुदन किराँती
15.गाेरखा १: हरिराज अधिकारी
कांग्रेस

1.काठमाडौं १: प्रकाशमान सिंह (१०९३६)
2.रसुवाः मोहन आचार्य- १४४५३
3.काठमाडौं ४-गगनकुमार थापा (२१५५१)
4.काठमाडाैं १० राजनकुमार केसी  २४ १९०
5.मिनेन्द्र रिजाल माेरङ ५  (३८८१९)
6.काठमाडाैं ६ : भिमसेनदास प्रधान
7.राैतहट २: माेहम्मद अफताब अालम १८८३३

राष्ट्रिय जनता पार्टी नेपाल 

1.राैतहट १: अनिलकुमार झा २१४७२
2.धनुषा  ३: राजेन्द्र महाेताे
3.सप्तरी ३ः चन्द्रकान्त चौधरी
समाजवादी फाेरम

1.सप्तरी–२ : उपेन्द्र यादव
2.बाँके २: मोहम्मद ईश्तियाक राई  २१५७५
अन्य

1.हुम्ला- छक्कबहादुर लामा (स्वतन्त्र)
2.बाबुराम भट्टराई नयाँ शक्ती नेपाल   ३१८०७

एमाले एकल बहुमतको नजिक, गठवन्धनको २७५ मा १८७ सिट सहित दुई तिहाई
एमालेले कुल १३० र माओवादी केन्द्रको ५० सिट जोड्दा १८० हुनेछ । जम्मा २७५ को झण्डै ६६ प्रतिशत हुनेछ । दुई तिहाईका लागि उसलाई थप ३ जना सांसद आवश्यक पर्न सक्छ ।
काठमाडौँ । 

सरकारका लागि कति सिट ?
संवैधानिक व्यवस्था अनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन सामान्य बहुमतका लागि १३८ सिट आवश्यक पर्नेछ ।
यदि एमालेले प्रत्यक्षमा ८६ र समानुपातिकमा कम्तीमा ४० देखि बढीमा ५० सिट ल्याएमा एमालेको कुल सदस्य संख्या १३० देखि १४० पुग्न सक्छ ।

समानुपातिकमा कूल एक करोड ५४ लाख मतदातामध्ये एक करोड ५ लाख ८७ हजार ५२१ मत खसेको छ । यसका आधारमा समानुपातिक एक सिटका लागि सदर मतको कम्तीमा एक लाखको आसपासको मत ल्याउनु पर्ने छ । समानुपातिकबाट समेत बहुमत ल्याउनका लागि एमालेले ५० लाख हाराहारीमा मत समानुपातिकमा ल्याउनु पर्छ ।
उता सहयात्री दल माओवादी केन्द्रले हालसम्म १० स्थानमा जितेको छ भने २३ स्थानमा अग्रता कायम गरेको छ । यदि अग्रता कायम गरेको संख्यामा जित्दा माओवादी केन्द्रको ३३ सिट हुनेछ । समानुपातिकमा माओवादी केन्द्रले १५ देखि २० प्रतिशतको बीचमा मत प्रप्त गरेमा माओवादीले बढीमा २० सिट पाउने छ । यसरी हेर्दा माओवादीको कम्तीमा ५० देखि ५३ सिट हुनेछ ।
गठवन्धनको दुई तिहाई 

एमालेले कुल १३० र माओवादी केन्द्रको ५० सिट जोड्दा १८० हुनेछ । जम्मा २७५ को झण्डै ६६ प्रतिशत हुनेछ । दुई तिहाईका लागि उसलाई थप ३ जना सांसद आवश्यक पर्न सक्छ । त्ययसका लागि एमालेले समानुपातिकमा ४५ र प्रत्यक्षमा ८६ सिट प्रप्प्त गरेमा सहजै दुई तिहाई पुग्ने छ । अन्यथा हुम्लाबाट विजयी माओवादी विद्रोही छक्क बहादुर लामा, राजमोको प्युठानबाट १ सिट र नेमकिपाको भक्तपुरबाट १ सिट उपयोगी हुनसक्छ ।
त्यसबाहेक समानुपातिकमा सिपी मैनालीको नेकपा मालेले ३ प्रतिशत मत प्राप्त गरेमा अर्को ३ सिट थपिने छ भने राप्रपमा कमल थापाले चुनाव हारेर राजेन्द्र लिंगदेन नेता बन्दा लिंगदेन बाम गठवन्धनमा सहभागी हुनसक्छन् ।
त्यसबाहेक बाम गठवन्धन बन्ने बेलामा झण्डै सामेल भएका उपेन्द्र यादब नेतृत्वको संघीय समाजबादी फोरमले प्रत्यक्षमा कम्तीमा ८ र समानुपातिकमा ७ सिट गरी १५ सिटको दल बन्न सक्ने अवस्था छ । यही दल बाम गठवन्धनको सरकारमा सामेल हुने सम्भवाना अधिक छ ।

 


 

प्राप्त प्रतिकृयाहरू

To Top