एमाले सचिव गोकर्ण विष्ट विजयी

राजनीति मंसिर २४ २०७४ .
Gokarna bista 3 gyghxbaucr

 


काठमाडौं,मंसिर २३
 प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ गुल्मीमा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् ।
 नेकपा एमालेका केन्द्रिय सचिव समेत रहेका गोकर्ण बिष्टले काग्रेसका उम्मेदवार चन्द्र केसीलाई फराकिलो मत अन्तरले पराजित गदै विजयी भएका हुन् ।
 जनताका माझँमा निकै लोकप्रिय मानिएका विष्टले काग्रेसका उम्मेदवार केसीको भन्दा १४ हजार ४  सय ५९ मत ल्याएका छन् । 
प्रतिनिधिसभा २ निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत कमलराज गौतमले दिएको जानकारी अनुसार गोकर्ण विष्टको ३४ हजार ६ सय १८ मत प्राप्त गरेका छन भने काग्रेसका चन्द्र केसीले २० हजार १ सय ५९ मत प्राप्त गरेका छन । गोकर्ण विष्ट अहिले विजयी भएसगै तेस्रो पटक जनतावाट निर्वा्चित भएका हुन । उनले २०५६ , २०७० र २०७४ मा विजयी भएका हुन् ।
 त्यस्तै २०६४ सालमा भने झिनो मतले पराजित हुन पुगेका विष्ट पुर्व उर्जा मन्त्री वनेर जनताका निकै लोकप्रिय मानिन्छन् । ९२ हजार मतदाता रहेको गुल्मी प्रतिनिधी सभा निर्वाचन क्षेत्रमा २१ गते सम्पन्न निर्वाचनमा ५८ हजार मत खसेको थियो ।
 
 

प्राप्त प्रतिकृयाहरू

To Top