एमालेका कृष्ण गोपाल श्रेष्ठ ८ हजार मतान्तरले विजयी

समाज मंसिर २३ २०७४ .
1905255354krishna gopal.

 


काठमाडौं,मङ्सिर २३ : काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ९ मा कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्। एमाले उम्मेदवार श्रेष्ठले ध्यान गोविन्द रंजितलाई ८ हजार ५० मतले पछि पारेका हुन्।

श्रेष्ठले २२ हजार ८ सय ५२ मत प्राप्त गरेका छन्। कांग्रेसका रंजितले १४ हजार ८ सय २ मत ल्याए। विवेकशील साझा पार्टीका मिलन पाण्‍डेले ४ हजार ९ सय ४६ मत प्राप्त गरे।  

प्राप्त प्रतिकृयाहरू

To Top