पश्चिम रूकुमवाट जनार्दन शर्मा विजयी

राजनीति मंसिर २२ २०७४ .
Janardan sharma

 

रूकुम,मंसिर २२
बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकर पश्चिम रूकुमवाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ ।

यस अघि रुकुम पूर्वमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार कमला रोका विजयी भइसक्नुभएको छ । रोकाले आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका हरिशंकर घर्तीलाई ६ हजार २८ मतअन्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

जम्मा खसेको मत १८ हजार ३१ मध्ये बिजयी हुनुभएकी रोकाले १० हजार ४३४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी घर्तीले चार हजार ४०६ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

 एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यहाँ प्रदेशसभाका दुवै क्षेत्रमा पनि माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top