लोकतन्त्र बचाउन कांग्रेसलाई बहुमत ः सभापति देउवा

राजनीति मंसिर १३ २०७४ .
Images cms image 000036402

बुटवल, मंसिर १२  
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले नेपाली कांग्रेसले राणा शासन र राजाको तानाशाही व्यवस्था फालेर ल्याएको लोकतन्त्र अहिले पुनः बाम गठवन्धनको नाममा संकटमा परेको भन्दै लोकतन्त्र वचाउन नेपाली कांग्रेसलाई बहुमत दिन आग्रह गर्नुभएको छ ।
उहाँले मुलुक दुई धु्रवमा विभाजित भएको उल्लेख गर्दै बाम गठवन्धनको नाममा कम्युनिष्ट तानाशाही शासन व्यवस्था लाद्न खोज्ने नेकपा एमाले र माओवादीको दुष्प्रयास कुनैपनि अवस्थामा पूरा हुन नदिन जनता सचेत हुनुपर्ने समय आएको वताउनु भयो । 
विश्वमा कम्युनिष्ट तानाशाही शासन व्यवस्था सफल नभएको वताउँदै उहाँले नेपालमा बाम गठवन्धनको नाममा लोकतन्त्र समाप्त गर्न भैरहेको प्रयास कदाचित सफल नहुने वताउनु भयो । 
नेपाली कांग्रेस क्षेत्र नं. ५ रुपन्देहीले निर्वाचन क्षेत्र नं. ५ को सालझण्डीमा मंगलवार आयोजना गरेको आम सभालाई सम्वोधन गर्दै प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले अहिले लोकतन्त्र बचाउन पनि नेपाली कांग्रेससहितको प्रजातान्त्रिक शक्तिलाई बहुमतले विजयी वनाउन अनुरोध गर्नुभयो । 
अहिलेकोे निर्वाचनले जनताको भाग्य निर्धारण गर्ने वताउँदै देउवाले अहिले कम्युनिष्टहरुले झुटा नारा लगाएर कम्युनिष्ट शासन नेपालमा लाद्न खोजेको जिकीर गर्नुभयो । 
उहाँले नेपाली कांग्रेसले झुटा नारा लगाएर होइन कि वास्तविक रुपमै जनताको सेवक वनेर काम गर्न चाहेको उल्लेख गर्दै देउवाले कांग्रेसको बहुमतको सरकार आएपछि सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने, बेरोजगार युवालाई बेरोजगार भत्ता दिने र सुकुम्वासी समस्या समाधान गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 
संसारभरी नै चिनिएको लुम्विनीको विकासमा कांग्रेसले जोड दिएको भन्दै प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले रुपन्देही क्षेत्र नं. ५ मा नेपाली कांग्रेसको विकास देखेर पनि कांग्रेसका उम्मेदवारलाई जनताले विजयी वनाउने विश्वास व्यक्त गर्नुभयो । 
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाम गठवन्धनका केपी ओली र प्रचण्डले कम्युनिष्ट शासन ल्याएर संविधान फेर्न खोजेर देशलाई अनिश्चिय र अनिष्टतर्फ धकेल्न खोजेको वताउनु भयो । 
उहाँले अहिलेको जमाना कम्युनिष्टको नभै लोकतन्त्रको भएको वताउँदै दुनियाँवाट लोप हुन लागेको कम्युनिष्टलाई झुक्किएर पनि मतदान नगर्न अनुरोध गर्नुभयो । 
नेपाली कांग्रेसको नेतृत्वमा संविधान  निर्माण पछि कार्यान्वयनको दिशामा अघि बढेको संविधानलाई बाम गठवन्धनले राजनीतिक विवाद र अस्थीरता ल्याएर भत्काउने प्रयास गरेको आरोप लगाउँदै उहाँले बाम गठवन्धनको प्रयास सफल नहुने वताउनु भयो । 
नेपाली कांग्रेसका महामन्त्री डा.सशांक कोइरालाले कम्युनिष्ट शासन व्यवस्था ल्याउने भन्दै बाम गठवन्धनले अहिले गरिरहेको प्रयास जनताले कदापि सफल हुन नदिने वताउँदै दुनियाँमा लोकतन्त्रको विकल्प नभएकोले जनताले लोकतान्त्रिक शक्तिलाई भारी बहुमतले विजयी वनाउने वताउनु भयो ।
उहाँले अव मुलुकमा राजनैतिक मुद्दा समाप्त भएर साँचो अर्थमा आर्थिक क्रान्ति गर्ने समय आएको वताउँदै लोकतान्त्रिक व्यवस्थामा मात्र आर्थिक क्रान्ति हुने भएकोले नेपाली कांग्रेसलाई विजयी वनाउन अनुरोध गर्नुभयो ।
वीपीले देखेको सपना पूरा गर्ने समय बल्ल आएको वताउँदै कोइरालाले लोकतन्त्रको माध्यमवाट आर्थिक क्रान्ति गरेर देशलाई सम्बृद्ध वनाउने र जनतालाई धनी वनाउने कांग्रेसको अभियानमा साथ दिन सवै नेपाली जनतासंग आग्रह गर्नुभयो । 
नेपाली कांग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक तथा कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले कम्युनिष्ट शासन आएमा देशमा अशान्ति, अस्थिरता र बेरोजगारी सिर्जना भई देश नै सिंगो जेलमा परिणत हुने वताउनु भयो । 
उहाँले संसारभर लोप हुन लागेको कम्युनिष्ट शासन नेपालमा ल्याउन खोज्नु मूर्खता रहेको वताउँदै विविधताले भरिएको देशमा तानाशाही व्यवस्थाको कल्पना गर्नु दिवास्वपना हुने वताउनु भयो ।  
उद्योगपति विनोद चौधरीले नेपाली कांग्रेसले २०४८ सालमा सरकारको नेतृत्व गरिरहँदा ल्याएको आर्थिक नीतिले देशलाई अहिलेसम्म पनि विकासको गतिमा डो¥याएको वताउँदै अझै अधुरो रहेको विकासका काम नेपाली कांग्रेसको सरकारलाई बहुमत दिएर पूरा गर्न सवैसंग आग्रह गर्नुभयो । 
लोकतन्त्रमा मात्र अर्थतन्त्र सुदृढ हुने वताउँदै उद्योगपति चौधरीले कांग्रेसको खुला अर्थनीतिको विकल्प अरु कुनै व्यवस्था हुनै नसक्ने दावी गर्नुभयो । 
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेदवार भरत शाहले यस क्षेत्रका जनताले आफ्रूलाई दुई दुई पटक जिताएकोमा धन्यवाद ज्ञापन गर्दै अव फेरिपनि अधुरा रहेका विकासलाई पूरा गर्न र सुकुम्वासी समस्या समाधान गर्न आफूलाई विजयी वनाउन मतदाताहरुसंग अनुरोध गर्नुभयो । 
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ का सभापति वसीउल्लाह मुसलमानको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेसकी नेतृ तथा केन्द्रिय सदस्य पुष्पा भुसाल, क्षेत्र नं. ५ क का प्रदेश सभाका उम्मेदवार विष्णु् पोखरेल, ५ ख उम्मेदवार फकरुद्दिन खाँ, नेपाली कांग्रेसकी नेतृ अनिता शाह, रणवहादुर खनाल, राप्रपाका नेता दुर्गा खनाल लगायतले बोल्दै लोकतान्त्रिक गठवन्धनलाई विजयी वनाउन आग्रह गर्नुभएको थियो । 
   
 

प्राप्त प्रतिकृयाहरू

To Top