उदयपुरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न सात जनालाई पक्राउ

राजनीति मंसिर १२ २०७४ ekhabarnepal
V

उदयपुर- मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। 

पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव समूहमा आबद्ध ६ जना तथा एक जना माओवादी मजदुर पार्टीका केन्द्रीय अध्यक्ष रहेको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा विष्णु कटुवाल, कमलामाया तामाङ, उध्यान प्रधान, श्याम भुजेल, बन्दना पौडेल लगायत छन्। 

यस्तै माओवादी मजदुर पार्टीका केन्द्रीय अध्यक्ष हिमाल राईलाई समेत पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज भट्टले बताए।

प्राप्त प्रतिकृयाहरू

To Top