बाजुराको मतपेटिका कार्यालय बाहिर अलपत्र , मतदान अधिकृत नै सम्पर्क बिहिन

राजनीति मंसिर १२ २०७४ ekhabarnepal
Matpetika vijyo

बाजुरा । बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी सम्पर्कविहीन हुनुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको मतदान प्रक्रिया सकिएपछि मतदान केन्द्रबाट सदरमुकाम मार्तडी आउने क्रममा पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सम्पर्कविहीन रहेका गिरीको खोजी कार्य भइरहेको बाजुराका प्रहरी निरीक्षक जगदीश भट्टले बताउनुभयो । पोरखे लेकसम्म गिरी मतपेटिकासँगै रहेको भए पनि साँझ पर्न थालेपछि उहाँ सम्पर्कविहीन भएको उहाँका सहयोगी कर्मचारीले बताएका छन् ।

गिरीको मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगे पनि मतपेटिका बुझाउन बाँकी रहेको हुँदा मुुख्य निर्वाचन अधिकृतको कार्यालय बाहिर अलपत्ररुपमा मतपेटिका राखिएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top