एमाले अध्यक्ष ओली ११ गते भैरहवा आउदै

राजनीति मंसिर ११ २०७४ ekhabarnepal
C

भैरहवा, भैरहवामा जारी चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवको समापन गर्न पुर्वप्रधानमन्त्री के.पी शर्मा ओली सोमबार भैरहवा आउनुहुने भएको छ । भैरहवाको अन्चलपुर स्थित महोत्सव परिसरमा सोमबार दिउंसो ठीक १ बजे एमाले अध्यक्ष ओली आउनु हुनेछ ।

महोत्सवको उद्घाटन कार्तिक ३० गते पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहल (प्रचण्ड) ले गर्नुभएको थियो । संयोगले एक जना पुर्वप्रधानमन्त्रीले उद्घाटन र अर्को पुर्व प्रधानमन्त्रीले महोत्सवको समापन गर्दा कार्यक्रमको राष्ट्रिय अन्तराष्ट्रिय रुपमा गरिमा बढ्ने अपेक्षा गर्दै पुर्व प्रधानमन्त्री ओली आउने कार्यक्रममा सहभागी हुन आयोजक संस्थाका महासचिव अनिल ज्ञवालीले सबैलाई अनुरोध गर्नुभयो ।

महोत्सवको समापन समारोहको बारेमा जानकारी दिन आयोजकले पत्रकार सम्मेलनगरी सो जानकारी दिइएको हो । सो अवसरमा महोतसवमा १३ करोडको कारोबार र १ लाख दर्शकले मेला हेरको महोत्सव संयोजक नारयण भण्डारीले जानकारी दिनुभयो । महोत्सव सबै पक्षले सफल भएको आयोजकले दाबी गरेका छन् ।
निर्वाचनको रौनकता छाएको बेला ओली भैरहवा आउने भएपछि बामगठबन्धनले त्यसलाई सदुपयोग समेत गर्ने योजना बनाएका छन् । रुपन्देही ३ बाट एमाले उपमहासचिव घनश्याम भुसाल प्रतिनिधी सभा सदस्यमा उम्मेदवार हुनुहुन्छ । यसैगरी प्रदेश १ बाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य विश्वास बराल –अनुप) र प्रदेश सभा २ बाट एमाले पुर्व जिल्ला सचिव तुलसी प्रसाद चौधरी उम्मेदवार रहनुभएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top