हेलिकप्टर मार्फत मतपेटिका संकलन गरिँदै

राजनीति मंसिर ११ २०७४ ekhabarnepal
Matpati

निर्वाचन आयोगले दिएको जानकारी अनुसार, सदरमुकाममा ल्याउन बाँकी रहेकामध्ये १२९ मतदानस्थलका मतपेटिकाहरु हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो चरणमा हिजो मंसिर १० गते मतदान सम्पन्न भएका ३२ जिल्लाका २ हजार ९१७ मतदानस्थलमध्ये २ हजार ५७ मतदानस्थलका मतपेटिकाहरु सम्बन्धित जिल्लाका सदरमुकाममा पुर्याइएको छ ।

भौगोलिक विकटतालगायत कारणले ८७० स्थानका मतपेटिका भने अझै सदरमुकाम पुर्याउन सकिएको छैन ।प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणमा आइतबार भएको निर्वाचनको मतपेटिका संकलन गरी सदरमुकाम ल्याउने क्रम जारी छ ।यसैगरी, अन्य ७४१ मतदानस्थलका मतपेटिकाहरु पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी छ ।

प्राप्त प्रतिकृयाहरू

To Top