रुकुममा मतदान स्थगित : विप्लवका कार्यकर्ताहरुले मतपेटिका नै जलाए

राजनीति मंसिर १० २०७४ ekhabarnepal
Matpati

रुकुम - रुकुममा  १२ बजेसम्म २५ प्रतिशत मतदान भइसकेको छ । 

जिल्लाको बाँफीकोट गाउँपालिकास्थित रत्न माध्यमिक विद्यालय काँडा मतदान केन्द्र ‘क’ मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले मत पेटिकामा जलाएपछि मतदान स्थगित भएको छ ।

विप्लवका कार्यकर्ताले दुईवटा मतपेटिकामा आगजनी गरेपछि मतदान केन्द्रको अवस्था तनावग्रस्त भएको छ । करिब २५० मत खसिसकेको अवस्थामा विप्लवका कार्यकर्ताले दुईवटा मतपत्र जलाइएपछि त्यहाँ मतदान पनि स्थगित भएको छ ।

त्यहाँ प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपेटिका पूर्ण रुपमा जलेको छ। घटनामा संलग्न विप्लवकका तीनजना पक्राउ परेका रुकुमका प्रहरी निरीक्षक ऋषि ढुंगानाले बताए ।

मतपत्र जलाइएपछि मतदान केन्द्रको सुरक्षामा खटिएको टोलीले तीनजनालाई पक्राउ गरेको हो ।घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । रुकुम पश्चिममा १२ बजेसम्म २५ प्रतिशत मतदान भइसकेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top