तिलोत्तमामा अर्को पटक महानगरको चुनावः पौडेल

राजनीति मंसिर ९ २०७४ .
 dsc8997


बुटवल, मंसिर ९।  
नेकपा एमालेका उपमहासचिव, पूर्व मन्त्री तथा रुपन्देही  क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेद्वार विष्णु प्रसाद पौडेलले अघिल्लो चुनावमा नगरपालिको मेयर जिताउनको लागि भोट हालेका तिलोत्तमा नगरवासीहरुले अव एकैपटक महानगरको मेयरको लागि  भोट हाल्ने दिन आउने बताएका छन् ।
 चुनावी अभियान अन्तर्गत शनिबार  तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा भएको घरदैलो कार्यक्रमलाई प्रेमनगरमा सम्बोधन गर्दै नेता  पौडेलले समृद्ध तिलोत्तमाको लागि बाम गठबन्धनको जित  आवश्यक रहेको भन्दै अव यस क्षेत्रलाई नगरपालिबाट महानगरपालिकामा स्तरोन्नती  गर्ने योजना रहेको बताएका हुन ।
 रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा २(२)का उमेद्वार लिला गिरी संगै घर दैलो अभियानमा हिडेका पौडेलले भने–समृद्ध तिलोत्तमा निर्माणको लागि बाम गठबन्धनको जित जरुरीे छ, यसमा सबैले साथ दिन  म अनुरोध गर्दछु ।’ मुलुकको स्थायित्वको  लागि बाम गठबन्धनको जित आवश्यक रहेको भन्दै नेता पौडेलले  स्थायी  सरकार निर्माणको लागि बाम गठबन्धनको बहुमत आवश्यक रहेको बताएका थिए । 
नेता पौडेलेले नमूना नगरको रुपमा तिलोत्तमाको विकास हुनेमा कुनै शंका नगर्न आग्रह गरे । घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै  रुपन्देही क्षेत्र नम्बर २(२)का उमेद्वार लिला गिरीले  समृद्ध तिलोत्तमा आफ्नो सपना भएको भन्दै सपना पुरा गर्ने दिन आएको बताएका थिए । उनले विकासको हिसावले तिलोत्तमा नगरपालिकालाई समृद्ध नगर बनाउने योजना आफूसंग रहेको भन्दै अत्यधिक मत सहित जिताउन आग्रह गरे । तिलोत्तमामा भएको घरदैलो कार्यक्रममा नेकपा एमाले तथा माओवादी केन्द्रका सयौ  कार्यकर्ताहरुको सहभागिता थियो । 

कांग्रेसबाट मानसिक रुपमै हार स्वीकारः पौडेल
त्यस्तै शनिवारनै बुटवलमा आयोजना भएको संयुक्त पेशागत इलाका कमिटी क्षेत्र नं २ रुपन्देहीको भेला तथा अन्तरक्रियामा एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले  वामगठवन्धनका उ्रम्मेदवारहरुको जित सुनिश्चित भईसकेको बताएका छन् । 
निर्वाचन आयोगले घोषणा गर्न मात्र वाकी रहेको बताउदै उनले वामगठवन्धनको २ तिहाई बहुमत आउने बताए । पौडेलले कांग्रेस मानसिक रुपमै पराजित भएको भन्दै उनले भने– कांग्रेसले मानसिक रुपमै हार स्वीकार गरिसकेको छ । जित सुनिश्चित भईसक्यो ।’
भेलामा नेकपा माओवादी केन्द्रका नेता वामदेव क्षेत्री,  एमालेका नेता तथा उम्मेदवार लिला गिरी, अर्का नेता तथा उम्मेदवार भोजप्रसाद श्रेष्ठ, निर्वाचन परिचालन समितिका संयोजक नेत्र पन्थी, सह संयोजक निर्मल जिसी, चित्रवहादुर केसी लगायतले पेशागत संगसंगठनहरु पूर्ण रुपमा निर्वाचनमा होमिन  मतदाता शिक्षा प्रदान गर्न अग्रसर हुनु पर्नेमा जोड दिए । 


 

प्राप्त प्रतिकृयाहरू

To Top