नेपाल जेसीजको ४४ औं महाधिवेसन पुस ८, ९ र १० गते भैरहवामा हुने

समाज मंसिर ५ २०७४ .
Jci nepal 44th national copnvention press meet %282%29

नरेश के.सी.
भैरहवा, मंसिर  ५ । नेपाल जेसीजको ४४ औं महाधिवेसन आगमी पुस ८, ९ र १० गते भैरहवामा हुने भएको छ ।
मंगलबार भैरहवामा महाधिवेसन आयोजक संस्था जेसीआई सिद्धार्थ नेपाल, भैरहवाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशन निर्देशक महेन्द्र कुमार श्रेष्ठले भने “नेपाल भरीका करिब २५ सय युवाहरुको उपस्थितिमा भैरहवामा पुस ८, ९ र १० गते महाधिवेसन हुदैंछ । यो महाधिवेसनमा देश विदेशका प्रतिनिधी पर्यवेक्षक सहभागी हुनेछन् । महाधिवेसनले सीमान्त क्षेत्रमा अल्लारीएर रहेका र लागु पदार्थको दुव्र्यसनमा फसेका बेरोजगार युवाहरुलाई सृजनात्मक क्षेत्रमा आबद्ध हुन प्रेरणा प्रदान गर्ने पनि छ । ”
पत्रकार सम्मेलनमा महाधिवेसन निर्देशक श्रेष्ठले आन्तरिक पर्यटन प्रबद्र्धन र लुम्बिनीको विशेष चर्चा परिचर्चा हुने पनि बताए । महाधिवेसनको उद्घाटन महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीले भैरहवाको महेन्द्रसभागृहमा गर्ने कार्यक्रम तय भएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महाधिवेसनका प्रमुख सल्लाहकार निधानचन्द्र श्रेष्ठले नेपाल जेसीजको महाधिवेसन भैरहवामा गर्न पाउनु गौरबको विषय भएको बताए । उनले भने “सन् १९९१ मा १७ औं महाधिवेसन गरेको जेसीआइ सिद्धार्थले पुनः ४४ औं महाधिवेसन गर्ने अवसर पाएको छ । यसलाइ सबै भैरहवाबासीले अवसरको रुपमा लिएर उपयोग गर्न सक्नुपर्दछ ।”
सन् १९९१ को महाधिवेसन निर्देशक समेत निधानचन्द्र श्रेष्ठले तत्कालिन समयमा पुर्व प्रधानमन्त्री स्वर्गिय कृष्णप्रसाद भट्टराईले महाधिवेसनको उद्घाटन गरेको स्मरण गर्दै सो महाधिवेसनबाट उत्तर चापागाई राष्ट्रिय अध्यक्षमा निर्वाचित भएको पनि बताए । त्यतिबेला जेसीआइ सिद्धार्थको अध्यक्ष स्वर्गिय विजयराज शर्मा थिए भने अहिलेका महाधिवेशन निर्देशक महेन्द्र श्रेष्ठ त्यतिबेला कोषाध्यक्ष थिए ।
त्यतिबेला १२ सय प्रतिनिधी पर्यवेक्षकलाइ स्वागत गरेको भैरहवाले यतिबेला ठीक त्यसको डबल भन्दा बढी २५ सय लाइ स्वागत गर्दैछ । यो आफैमा महत्वपुर्ण छ ।
नेपाल अम्बुजा सिमेन्ट उद्योग मुख्य प्रायोजक रहेको महाधिवेसन स्थल महेन्द्रसभागृहको बाहिर पट्टि स्थानिय उद्योगबाट उत्पादीत विभिन्न ३२ किसीमका स्टल राखिने सो अवसरमा जानकारी गराइएको थियो । उक्त अवसरमा लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधब ढुंगानाले देशैभरका उर्जासील ४० वर्ष मुनिका साढे २ हजार युवाको जमघटले भैरहवालाई अझै उर्जाशिल बनाउने विश्वास व्यक्त गरे । उनले जेसीआई सिद्धार्थ आयोजक भएता पनि भैरहवामा हुने महाधिवेसन सफल पार्न सबैको दायित्व हुने पनि बताए ।
आयोजक संस्था जेसीआइ सिद्धार्थका अध्यक्ष सुमन शर्माले महाधिवेसनमा आउने प्रतिनिधी पर्यबेक्षककोलागी भैरहवा, लुम्बिनी र बुटवल क्षेत्रमा सुविधासम्पन्न होटलमा रुमहरु बुक भइसकेको समेत बताए ।
सन् १९७५ मा स्थापना भएको जेसीआई सिद्धार्थले आयोजन ागर्ने महाधिवेसनले ५ नम्बर प्रदेशकै मुलद्धार भैरहवा भन्सार, यस क्षेत्रको सेज, विश्व पर्यटनको केन्द्र लुम्बिनी, तथा विभिन्न उद्योग व्यापारको प्रबद्र्धन गर्ने तथा नयां नयां सोच र चिन्तनका साथ अगाडी बढ्न समुहगत प्रेरणाप्रदान गर्ने मिडीया कोर्डिनेटर नरेश के.सी.ले जानकारी दिए ।
जेसीआई सिद्धार्थका कोषाध्यक्ष पंकज उदासको सन्चालन तथा महासचिव राकेश गुरुंगको आस्थपाठमा सम्पन्न उक्त पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ रुपन्देहीका सहसचिव कमल रायमाझी, जेसीजका पुर्व अध्यक्ष के.वि पौडेल, वरिष्ठ अधिवक्ता कमलराज जोसी, प्राध्यापक सुर्दशन प्रसाद नेपाल, पुर्व अध्यक्षहरु गौरि शंकर भट्टराई, विजय शर्मा, हेमन्त अग्रवाल, दिलीप धिताल, सन्जिब शर्मा रेग्मी, खगेन्द्र शर्मा, लेडी जेसीज अध्यक्ष मन्जु शर्मा, पुर्व अध्यक्ष रचना शर्मा, जेसीआई सिद्धार्थ पुर्व अध्यक्षहरु दिपेन्द्रमान श्रेष्ठ, शुसील गुरुंग, देवराज न्यौपाने, निरजनारायण श्रेष्ठ, पवन पौडेल, साजनजंग राणा, संगम न्यौपाने, नेपाल भन्सार महासंघका अध्यक्ष डा. शान्त कुमार शर्मा लगायतको आतिथ्यता रहेको थियो ।
सन् १९१५ मा अमेरिकाको सेन्ट लुईसमा स्थापना भएको जेसीजको १ सय १७ देशमा शाखा विस्तार छ । १८ वर्षदेखी ४० वर्ष उमेर समुहका युवाहरु संलग्न हुने जेसीजले विधीको शासनमा जोड, मानवतावादी र विश्वबन्धुत्व भावनामा जोड दिन्छ । नेपालमा १९६४ मा स्थापना भएको नेपाल जेसीजको अहिले देशभरी १३८ वटा शाखा रहेका छन् । महाधिवेशन सम्पन्न गर्न करिब १ करोड ३५ लाख खर्च हुने र आम्दानी तर्फ रजिस्ट्रेशन एवं विज्ञापनदाताको सहयोग रहेको आयोजकले बताएका छन् ।
 

प्राप्त प्रतिकृयाहरू

To Top