नैतिक र प्राविधिक शिक्षाका लागि बामपन्थी नेतृत्वको सरकार

राजनीति मंसिर १ २०७४ .
Ghanshyam bhusal %281%29


भैरहवा,मंसिर १ । ने.क.पा. एमालेका केन्द्रीय उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य क्षेत्र नं. ३ का उम्मेदवार घनश्याम भुषालले युवाहरुलाई नैतिक शिक्षा र प्राविधिक सिप दिलाउनको लागि बामपन्थी नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन । उनले  स्वदेशमै श्रम र स्वदेशमै रोजगारको लागि बामगठबन्धनलाई नै जिताउनुपर्नेमा जोड दिएका छन । 
संयुक्त विद्यार्थी निर्वाचन परिचालन कमिटी क्षेत्र नं. ३, प्रदेशसभा १ द्धारा आयोजित अगुवा विद्यार्थी भेलालाई सम्बोधन गर्दै उपमहासचिव भुषालले भने, अहिले देशमा नैतिकताको खडेरी परेको छ, त्यो खडेरीलाई पार लगाउन हामी बामपन्थीहरुको जिम्मेवारी हो ।
रुपन्देही–३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार भुषालले विद्यार्थीहरु परिवर्तनको बाहक भएको हुँदा सचेतताका साथ हरेक घरघरमा परिवर्तनको सन्देश लिएर जानुपर्ने बताए । उनले भने, मुलुक बामपन्थीमय भएको छ, वैज्ञानिक, व्यवहारिक र जनवादी शिक्षा लागु गर्न चुनावबाट बामपन्थीलाई बहुमत दिलाउन जरुरी छ, त्यसको लागि सबै विद्यार्थीहरु आजै देखि लाग्नुस । 
सो अवसरमा ने.क.पा.(माओवादी केन्द) का पोलिटव्युरो सदस्य एवं क्षेत्र नं. प्रदेशसभा १ का उम्मेदवार विश्वास बराल (अनुप) ले नेपालको विभेदकारी व्यवस्थालाई फेर्न युवा विद्यार्थीहरुको भुमिका रहेको बताए । उनले भने, नेपाल मान्छे उत्पादन गर्ने कारखाना मात्र बनाउन थालिएको छ, योग्य र दक्ष मान्छेहरुलाई विदेश पलायन गराइएको छ, त्यो सबैलाई रोकी नेपालको शिक्षा, नेपाली भुमिमा प्रयोग गर्ने गरी व्यवस्था ल्याउन बामपन्थी सरकारको आवश्यकता रहेको छ । 
भेलालाई सम्बोधन गर्द अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य अनुप पोखरेलले जनवादी र वैज्ञानिक शिक्षाको लागि बाम सरकार आवश्यक रहेको बताए । 
संय्ुक्त विद्यार्थी परिचालन समिति रुपन्देही क्षेत्र नं. ३ की संयोजक एवं अनेरास्ववियु जिल्ला उपसचिव लक्ष्मी के.सी.ले अब विद्यार्थीहरु केही दिनको लागि सबै काम थाती राखेर बामपन्थी उम्मेदवारलाई जिताउन दिनरात खटिनुपर्ने बताइन । भेलामा भैरहवा बहुमुखी क्याम्पसका स्ववियु पूर्व सचिव चक्र बहादुर थापाले नेपालका हरे सामाजिक र राजनीतिक आन्दोलनमा अग्रणी भुमिका खेलेका विद्यार्थीहरु संविधानको कार्यान्वयन गर्ने यो अन्तिम चुनावी समयमा बामपन्थी उम्मेदवारको पक्षमा उभिनुपर्ने बताए ।
संय्ुक्त विद्यार्थी परिचालन समिति रुपन्देही क्षेत्र नं. ३ प्रदेशसभा १ का संयोजक कपिल चापागाइको अध्यक्षता एवं झक बहादुर आलेको सञ्चालनमा सम्पन्न उक्त भेलामा सयौं विद्यार्थीहरुको सहभागिता रहेको थियो । भेलामा संयक्त निर्वाचन परिचालन कमिटी क्षेत्र नं. ३ का संयोजक हितराज पन्थी, संयक्त निर्वाचन परिचालन कमिटी प्रदेशसभा १ का सह–संयोजक चोपलाल आचार्य, सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा काफ्ले, बामपन्थी नेताहरु पम्फावती खनाल, कमला थापा, उमा अधिकारी, फैज अहमद खान, घनेन्द्र विक्रम पाण्डे, तीर बहादुर रोकाय(डार्विन) लगायतको आतिथ्यता रहेको थियो । 
 

प्राप्त प्रतिकृयाहरू

To Top