चीनमा अत्यधिक प्रदुषण गराउने नौ हजार कम्पनी बन्द

स्वास्थ्य कार्तिक १८ २०७४ .
1872069917china pullution


चीन,कार्तिक १७
 चीनको उत्तरी क्षेत्रमा पर्ने तिआनजिन नगरपालिकाले यस वर्ष अत्यधिक प्रदुषण गराउने नौ हजार ८१ वटा कम्पनी बन्द गरिदिएको छ। 

कुल १९ हजार कम्पनीमध्ये वातावरण संरक्षण नीति उल्लंघन गरेको आरोपमा ती कम्पनी बन्द गरिएको नगरपालिकाको वातावरण संरक्षण विभागले जनाएको छ । सन् २०१७ मा गरिएको परीक्षणका क्रममा उनीहरुले गरेको जमिनको प्रयोग र निर्माण कार्य पनि गलत भएको विभागले बताएको छ। 

वातावरण संरक्षणको मापदण्ड पूरा नगरेसम्म अहिले बन्द भएका कम्पनीहरु खोल्ने सम्भावना नरहेको विभागका प्रमुख वेन वुरुइले बताए। 

धेरै वायु प्रदुषण गरेका कम्पनीहरुलाई शुक्रबार सुन्तला रङको संकेत लगाइएको छ । प्रदुषण सम्बन्धी चेतावनी दिन चीनमा चार प्रकारका रङहरुको प्रयोग गर्ने गरिन्छ । ती मध्ये रातोले अत्यधिक धेरै, त्यसपछि सुन्तला, पहेलो र नीलोले क्रमशः कम प्रदुषणको संकेत गर्छन् । रासस/सिन्ह्वा

प्राप्त प्रतिकृयाहरू

To Top