राष्ट्रपतिज्यू म नराम्रो काममा साझेदार बन्न सक्दिन, सिनेटर जेफ फ्लेक

विश्व कार्तिक ८ २०७४ .
Sinetaar

दोश्रा रिपब्लिकन सिनेटरद्वारा ट्रम्पको आलोचना

अमेरिकामा रिपब्लिकन सिनेटर जेफ फ्लेकले राष्ट्रपति डोनल्ड ट्रम्पमाथि आक्रोशपूर्ण आलोचना गर्दै आफू पुन: निर्वाचनमा नजाने बताएका छन्।
एरिजोनाका सिनेटर जेफ फ्लेकले भने, "लापरवाह, अपमानजनक र अशोभनीय व्यवहार" भएका व्यक्ति अमेरिकी सरकारको शीर्ष तहमा बस्नु प्रजातन्त्रका लागि खतरापूर्ण छ।
ट्रम्पले यस अघि फ्लेकलाई "विषाक्त" भनेका थिए।
अमेरिकी राष्ट्रपति यसअघि अर्का रिपब्लिकन सिनेटर बब कोर्करसँगको झगडामा मुछिएका छन्।
"दायित्व र विवेक"
सिनेटमा आफ्नो निर्णय सुनाउनु अघि फ्लेकले एरिजोनाको रिपब्लिक अखबारसँग वर्तमान रिपब्लिकन पार्टीको वातावरणमा आफ्ना लागि ठाउँ नभएको हुनसक्ने बताएका थिए।
सिनेटमा उनले राष्ट्रपतिको आलोचना गर्दा आफूलाई खुशी नलागेको तर आलोचना गर्नु आफ्नो "दायित्व र विवेक" बनेको बताए।
उनले भने, "हाम्रा प्रजातान्त्रिक मूल्य मान्यताको नियमित र आकस्मिक अवमूल्यन ‍गरिँदा त्यसलाई हामीले स्वाभाविक मान्नु हुँदैन।"
धेरैजसो सानो सानो र व्यक्तिगत कारणमा सत्य र शिष्टताप्रति गम्भीर उदासिनता र अविचारी भडकाव हुने गरेको उनले बताए।
उनले भने- "मेरा बालबच्चा र नाति नातिना छन्; मैले उनीहरुलाई जवाफ दिनुपर्छ त्यसैले राष्ट्रपतिज्यू म नराम्रो काममा साझेदार बन्न सक्दिन।"
ट्रम्पको राष्ट्रपतीय अभियानका क्रममा पनि फ्लेक उनको समर्थनमा थिएनन्। तर उनले पार्टी लाइन अनुसार मतदान गर्दै आएका थिए।
डोनल्ड ट्रम्पले भने लामो समयदेखि फ्लेकलाई निस्काषित गर्न खोजिरहेका थिए र उनलाई तल्लो तहबाटै बाहिर पार्न आफ्नै दशौं लाख रकम खर्च गर्ने प्रस्ताव समेत गरेका थिए।
 

प्राप्त प्रतिकृयाहरू

To Top