राष्ट्रपति सी थप शक्तिशाली बन्दै, पश्चिमा ‘प्रोपोगाण्डा’ सुरु 

विश्व कार्तिक ३ २०७४ .
C936dd70be92a2fa2c6364fd37eb4467 l

काठमाडौं, कात्तिक – चिनियाँ राष्ट्रपति सी जिनपिङले सन २०५० मा चीनलाई महान समाजवादी चीन घोषणा गरेपछि त्यसमा वहस सुरुभएको छ ।

राष्ट्रपति सीले चीनको आन्तरिक बिकास, वाह्य देशहरुलाई सहयोग गर्दै संसारलाई जोड्ने कार्यक्रमदेखि आधुनिक चीन लोकतान्त्रिक चेतनाबाट निर्देशित हुने समेत बताएर बिश्वलाई आश्वस्त समेत पार्नुभएको छ ।

अमेरिका नेतृत्वको पश्चिमा बिश्वले चीनको बढ्दो अन्तराष्ट्रिय शक्तिलाई नियन्त्रण गर्न सीको घोषणालाई गलत रुपमा व्याख्या गरेपनि वाँकी बिश्वले भने स्वागत गरेको छ । राष्ट्रपति सीले सबैको बिकास अवधारणा अन्तगर्त ल्याएको नमुना परियोजना ‘वान बेल्ट, वान रोड’ ले पहिले नै चर्चा पाइसकेको छ । त्यसमा ६० देश सदस्य भइसकेका छन् भने ४० देशले सदस्य बन्न स्वीकार गरिसकेका छन् । 

चिनियाँ कम्युनिष्ट पार्टीको बुधबार बेइजिङमा शुरु भएको १९ महाधिवेनलाई संवोधन गर्दै उहाँले महान समाजवादी चीन लोकतान्त्रिक, समन्नुत हुने समेत घोषणा गर्नुभएको थियो । पार्टीको महाधिवेशनबाट थप एक कार्यकालका लागि राष्ट्रपति सी नै महासचिव र राष्ट्रपति हुने निश्चित भएपछि र उनलाई चिनियाँ महान नेता माओत्सेतुङपछिको नेताका रुपमा प्रस्तुत गर्न थालिएपछि पश्चिमा ‘प्रोपोगाण्डा’ सुरुभएको छ ।

पश्चिमा संचारमाध्यमले सी जिनपिङ नेतृत्वको चीन स्टालिनकालिन जस्तै हुने भन्दै चीनमा कम्युनिष्ट अधिनायकवाद स्थापना हुने प्रचार गरेका छन् भने केहीले भने चीन वास्तवमै शक्तिशाली र समृद्ध राष्ट्र हुने भन्दै चीनसँग सहकार्य नै उपयुक्त हुने टिप्पणी गरेका छन् । अमेरिकी अखवार द वासिङटन पोष्टले राष्ट्रपति सी जिनपिङले स्टालीनको लिगेसी बोकेको भन्दै त्यसैलाई चीनमा अभ्यास गरिएको बताएको छ । अखवारले चीनमा बिरोधी आवाजहरुलाई समाप्त पारिएको र इन्टरनेट प्रयोगमा समेत प्रतिबन्ध लगाइएको दाबी गरेको छ ।

उता, युएसए टुडेले भने प्रजातन्त्रमाथि प्रतिवन्ध लगाउँदै तेश्रो कार्यकालका लागि समेत योग्य भएको दाबी सीले प्रस्तुत गर्ने तर्क दिएको छ । अखवारले रुसका राष्ट्रपति भ्लादिमिर पुटीनसँग राष्ट्रपति सीलाई तुलना गर्दै सन २०२२ मा उहाँले नछाड्ने प्रचार गरेको छ । पुटीनले पहिला राष्ट्रपति, प्रधानमन्त्री हुँदै फेरी राष्ट्रपति भएको १७ बर्ष देखि सत्तामै रहेको उल्लेख गरेको छ । सीले आफ्नो कार्यक्रम र नीतिलाई ‘सी जिनपिङ थट र थ्योरी’ भनेर प्रस्तुत गर्ने तयारी गरिरहेको भन्दै त्यसोभएमा उनी माओत्सेतुङ  र देङ सियोओ पिङपछिका सबैभन्दा ठूला नेता हुने समेत लेखेको छ । 
 
 

प्राप्त प्रतिकृयाहरू

To Top