चिनियाँ कम्युनिष्ट पार्टीको महाकुम्भ शुरु : आधुनिक समाजवादी राष्ट्र बनाउने उद्घोष

विश्व कार्तिक १ २०७४ .
China cpc 3 ybp38aji9c


बेइजिङ । चीनको सबैभन्दा ठूलो राजनीतिक महाकुम्भ, चिनियाँ कम्युष्टि पार्टीको १९ औँ कङ्ग्रेस, बेइजिङमा कडा सुरक्षाबीच शुरु भएको छ ।

चिनियाँ राष्ट्रपति सि जिनपिङले त्यहाँ भेला भएका २ हजार प्रतिनिधिहरुलाई सम्बोधन गरेका छन् ।

हरेक पाँच वर्षमा आयोजना हुने यस बन्दसत्रबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

सन् २०१२ मा चीनको नेतृत्व सम्हालेका सी नै अर्को कार्यकालका लागि चुनिने अनुमान गरिएको छ । 

एक हप्तासम्म चल्ने यस सम्मेलनले आगामी पाँच वर्षका लागि चीनको आगामी रोडम्याप पनि तय गर्नेछ ।

सम्मेलनपछि पार्टीले सर्वोच्च निर्णायक निकाय पोलिटब्युरोका सदस्यहरु पनि सार्वजनिक गर्नेछ ।

सम्मेलनलाई सम्बोधन गर्दै सीले चीनले हासिल गरेको उपलब्धिहरुको चर्चा गरेका थिए । उनले चिनियाँ विशेषतासहितको समाजवाद हासिल गर्ने बताउँदै चीन विश्वमै शक्तिशाली भएको जिकिर गरे । उनले विदेशी राजनीतिक प्रणालीलाई अनुशरण गर्न नहुनेमा जोड दिए ।

सम्बोधनका क्रममा उनले सन् २०५० सम्म समाजवादी आधुनिकिरण हासिल गर्नका लागि दुई चरणको योजना प्रस्तुत गरे ।

त्यस्तै जिनजियाङ, तिब्बत र हङकङतर्फ लक्षित गर्दै अलगाववादीहरुलाई चेतावनी दिए । उनले ताइवान चीनको अंग भएको कुरा समेत दोहोराए ।

उनले विश्वका लागि चीनको ढोका बन्द नगर्ने बताउँदै थप आर्थिक सुधार र वैदेशीक लगानीलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रपति सीले पार्टीभित्रका भाइरसलाई निर्मुल पार्ने बताउँदै भ्रष्टाचारविरोधी अभियान जारी रहने पनि उल्लेख गरे ।

सम्मेलनका लागि राजधानीमा व्यानरहरुले सजिसजाउ बनेको छ । यसका साथै सुरक्षा व्यवस्था कडा पारिएको छ । 


 

प्राप्त प्रतिकृयाहरू

To Top